मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापामा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२९ पौष २०८०, आइतबार

झापा झापामा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

झापाको माइधारमा शनिबार साँझ ६ बजे कार र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ७२१२ न. को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १४ च ६६०३ नं को कार एकापसमा जुधेको बताइएको छ ।मोटरसाइकल चालक झापा दमक १ का अन्दाजी २३वर्षिय अनुप ढकालको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै मोटरसाइकलको पछाडि सवार एकजना र कारमा सवार चार जना घाइते भएका छन् । उनीहरुको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।

त्यस्तै  दिउँसो ३.५० बजे कमल गाउँपालिका ४ चुलाचुली मोडमा दुईवटा मोटरसाइकल र एउटा स्कुटर ठोक्किदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ६ प ३१५२ नं को मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६प ८९९२ नं को अर्को मोटरसाइकल एकापसमा ठोक्किदा विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नं को स्कुटर पनि ठोक्किएको थियो ।

दुर्घटनामा प्रदेश १–०१–०१६प ८९९२ नं को मोटरसाइकल चालक कन्काई ५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र सोही मोटरसाइकलको पछाडि सवार कन्काई ३ बस्ने ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए । घाइतेमध्ये रघुनाथलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाँदै गर्दा बाटैमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । अन्य मोटरसाइकल र स्कुटरका चालक सामान्य घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार