मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

आजदेखि प्रादेशिक अस्पताल भद्रपुर वरिपरि सुर्तीजन्य पदार्थ र मदिरा बिक्रीमा राेक

देश प्रदेश डेस्क 5488+ समाचार ( )
३२ श्रावण २०८०, बिहीबार

भद्रपुर । भद्रपुर– ८ स्थित प्रादेशिक अस्पताल आसपास आज भदौ १ गतेदेखि सुर्तीजन्य पदार्थ तथा मदिरा बेचबिखन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । 
भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयले आफ्नो वडामा पर्ने प्रादेशिक अस्पताल लक्षित गरी पहिलो चरण अस्पताल आसपासको १०० मिटर वरिपरि (सार्वजनिक स्थल) मा सुर्तीजन्य पदार्थ तथा मदिरा बेचबिखनमा प्रतिबन्ध लगाएको हो । वडा अध्यक्ष गौरव सुब्बा मनोजले पहिलो चरणमा अस्पताल लक्षित गरी यो अभियानको सुरुवात गरेको बताए । ‘म लिम्बुको छोरा हुँ, म लागे भने लागे, यो अभियान सफल बनाएर छाड्छु,’ उनले भने, ‘सुर्तीजन्य तथा मादक पदार्थ निषेधित क्षेत्रमा बिक्री तथा सेवन गर्ने दुवै पक्षलाई कानुन बमोजिम कारबाही गरिन्छ ।’ यो अभियान सफल बनाउन सबैको साथ र सहयोगको लागि उनले अपिल समेत गरेका छन् ।  सो अभियान सफल बनाउन वडा कार्यालयले विगत एक महिनादेखि सन्देश तथा जनचेतना मूलक अभियान गरिरहेका थिए । वडा कार्यालयले अस्पताल वरिपरिको सडकमा सर्वसाधारणलाई देख्ने गरी होडिङ बोर्ड लगाउनुका साथै पसलहरूमा स्टिकर टाँस समेत गरिसकेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथाम ऐन २०६८ को बारेमा जानकारी गराउँदै १८ वर्ष नपुगेकाले सुर्तीजन्य तथा मदिरा पदार्थ बिक्री तथा सेवन गर्नु हुँदैन । १८ वर्ष मुनिका बालबालिकाले सुर्तीजन्य तथा मदिरा पदार्थ बिक्री तथा सेवन गरेमा दुवैलाई कानुन बमोजिम कारबाही हुने ऐनमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार