मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

एखुवा खोलामा पक्की पुल निर्माण सम्झौता अवधिभित्रै सम्पन्न

देश प्रदेश डेस्क 5488+ समाचार ( )
९ चैत्र २०८१, शनिबार

एखुवा खोला पक्की पुल निर्माणको काम सम्झौता अवधिभित्र सम्पन्न भएको छ । भोजपुरको हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु सात करोड ३७ लाख लागतमा निर्माण गरिएको हो । एक स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ । 

विसं २०७९ चैतदेखि निर्माण सुरु भएको यो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरुआत गरिएको छ । 

“एखुवा खोला पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ”, प्रमुख रेड्डीले भने, “पुल सम्झौता अवधिभित्र नै निर्माण सम्पन्न भएको छ । स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहजता थपिएको अवस्था छ । पुलबाट सवारी आवतजावत सुरु भएको छ ।”

यो पुल ओपन फाउन्डेसन एक स्पानमा निर्माण गरिएको प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीले बताए । पुल गुणस्तरीय ढङ्गले निर्धारण गरिएको मापदण्डअनुसार निर्माण भएको उनको भनाइ छ । खोलाको पानीको बहावलाई ख्याल गरेर पुल निर्माण गरिएको जनाइएको छ । 
पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताए । पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उनको भनाइ छ । “यो खोलामा पुल बनेपछि स्थानीयको वर्षौंको समस्या अन्त्य भएको छ”, वडाध्यक्ष राईले भने, “पुल नहुँदा धेरै जोखिम थियो । बाढी आएको बेला खोला पार गर्ने अवस्था थिएन । पुल निर्माणले हतुवागढी र आमचोक गाउँपालिकाका नागरिकलाई  सहजता भएको छ ।”  वर्षौंबाट सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । बाढी आएको समयमा खोलामा नै बास बस्नुपर्ने बाध्यता रहेकोमा पक्की पुल बनेपछि सहजता भएको स्थानीयवासी सन्तोषजङ्ग राईले बताए । “यो खोलामा हाम्रो पालामा पुल बन्छ भन्ने साचेको थिइन्”, उनले भने, “यो खोलामा पुल नभएको कारण धेरै समस्या रहेको थियो । अहिले पुल बनेर सञ्चालनमा आउँदा खुसी लागेको छ ।”

धेरै समस्याका बीच पनि पुललाई सम्झौता अवधिभित्र नै निर्माण सम्पन्न गर्न सफल भएको निर्माण कम्पनी राउत कन्ट्रसनका प्रमुख कुलबहादुर राउतले बताए। भौगोलिक रुपमा विकटतासँगै उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल नहुँदा सामग्री ढुवानीमा निकै समस्या भएको उनको भनाइ छ ।

“भौगोलिक रुपमा निकै विकट रहेकाले यहाँ पुल निर्माण गर्न धेरै चुनौती थियो”, प्रमुख राउतले भने, “सबैको साथ सहयोगका कारण समयमा नै पुल निर्माण सम्पन्न गर्न सफल भएको छु । पुल तोकिएको मापदण्डअनुसार निर्माण भएको छ ।”

पुल समयमा नै गुणस्तरीय ढङ्गले निर्माण गराउन नियमित अनुगमनसँगै कार्यालयको प्रत्यक्ष निगरानी भएको  पूर्वाधार विकास कार्यालय भोजपुरका इञ्जिनियर पर्शुराम शाहले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार