मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

बिर्तामोडका म्यानपावरहरूमा छापा, ९ वटा पासपोर्ट जफत

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

झापाको बिर्तामोडमा सञ्चालित म्यानपावरहरूमा छापा मारेर ९ वटा पासपोर्ट जफत गरेको छ । वैदेशिक रोजगारीको सेवा प्रवाह गर्ने नाममा म्यानपावरहरूबाटै ठगिने क्रम बढेको र कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको म्यानपावरहरूमा जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालय भद्रपुरले संयुक्त रुपमा सोमबार अनुगमन गरेको हो । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँको नेतृत्वमा गएको टोलीले तीन वटा म्यानपावरको अनुगमन गरेको थियो । 

टोलीले वीरेन्द्र थापाले सञ्चालन गरेको अलमाईटी इन्टरनेशनल म्यानपावरको शाखा कार्यालयबाट ९ वटा पासपोर्ट जफत गरेको छ । त्यस्तै चन्द्रप्रसाद पौडेलले सञ्चालन गरेको लुम्बिनी दर्शन र भीम विष्टले सञ्चालन गरेको स्क्यान म्यानपावरको अनुगमन गरेको जनाइएको छ ।

यी म्यानपावरहरूले शाखा नवीकरण नगरेको पाइएकोले नवीकरण गरेको प्रमाण पेस गर्न निर्देशन दिइएको छ ।  नवीकरण नगरी वैदेशिक रोजगारीमा पठाउन नमिल्ने कानुनी प्रावधान भए पनि बिर्तामोडमा सञ्चालित अधिकांश म्यानपावरहरूले आफूखुसी काम गर्दै आएको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार