मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मेचीनगरको खोलामा रोकिएन ढुङ्गा, गिट्टी, बालुवाको तस्करी

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१४ माघ २०८०, आइतबार

(नवराज सुवेदी) मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाउन सकेको छैन । अर्थात् अहिले नगर क्षेत्रका नदीबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्न मिल्दैन । ठेक्का लगाउने प्रक्रिया जारी रहे पनि ठेक्का भने लागिसकेको छैन ।

तर, अचम्मको कुरा के भने नदीजन्य पदार्थको उत्खनन बन्द रहे पनि खोलाबाट भने अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवाको तस्करी भइरहेको छ । कहिले रातारात त कहिले दिउँसै खोलामा ट्याक्टर लगेर नदीजन्य पदार्थको तस्करी भइरहेको छ । जुन विषयमा नियमनकारी निकाय मौन जस्तै छन् ।

मेचीनगरको उत्तरी क्षेत्र बौद्ध मोड, भृकुटी, दोकान डाँडा लगायतका क्षेत्रबाट अवैध उत्खनन हुने गरेको जानकारहरू बताउँछन् । तर, यसको नियन्त्रण भने हुन सकेको छैन । ‘नियन्त्रणका लागि प्रहरी त खटिएको छ, तरपनि नियन्त्रण हुन सकेको छैन,’ उत्तरी मेचीनगरका एक स्थानीय भन्छन् ।

ढुङ्गा, गिट्टी, बालुवाको तस्करी नियन्त्रणका लागि नगर प्रहरीसँगै नेपाल प्रहरी पनि सक्रिय छन् । तरपनि उनीहरूको आँखा छलेर तस्करी भइरहेको छ । ‘खोलामा ट्याक्टर भेटिए ५० हजार तिर्नुपर्ने नियम छ तरपनि तस्करी हुने क्रम भने रोकिएको छैन,’ अर्का स्थानीयको भनाई छ ।

खोला बन्द हुनु तरपनि गाउँघरमा भने ढुङ्गा, गिट्टी, बालुवाको अभाव नहुनुले पनि तस्करी रोकिएको छैन भन्ने पुष्टि हुन्छ । स्थानीय पत्रकारले यस विषयमा केही व्यवसायीहरूसँग पनि बुझेको छ । उक्त क्रममा ढुङ्गा जतिपनि ल्याइदिन सक्ने तर ट्याक्टरकै ४ देखि ५ हजारसम्म रकम लाग्ने व्यवसायीहरूले बताए ।

यता यस विषयमा नगरपालिकासँग बुझ्दा खोला ठेक्का लाग्ने क्रममा रहेको जानकारी पाइयो । केही स्थानमा ठेक्का लागे पनि सम्झौता भने नभएको नगरपालिका स्रोत बताउँछ । अर्थात् नगरपालिकाले पनि अहिले भइरहेको ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन तस्करीको माध्यमबाट भएको बताउँछ ।

आधिकारिक तवरबाट नभई तस्करीको माध्यमबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन हुँदा एकातर्फ तस्करी फस्टाइरहेको छ भने अर्कोतर्फ नगरपालिकाले लिने राजश्व रकम गुमिरहेको छ । जसतर्फ सम्पूर्ण नियमनकारी निकाय सक्रिय भएर तस्करी नियन्त्रण गर्न आवश्यक छ । मेचीनगरमा हडिया, निन्दा, मेची लगायतको खोला रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार