मुख्य समाचार
नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक |

मेचीनगरमा अलकत्राको गाडीमा आगलागी,२० लाख क्षति

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

मेचीनगरमा पिच गर्ने क्रममा कंचन निर्माण सेवाको अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा एकजना घाइते भएका छन् । 

हिजो साँझ ७ः५० बजे मेचीनगर –९ दुर्गा मन्दिरस्थित भित्री सडकखण्डमा पिच गर्ने क्रममा मे १ ख ३१३७ न.को अलकत्राको ट्यांकरमा तातिएर अचानक आगलागी भएको हो । आगो निभाउने क्रममा कंचन निर्माण सेवाका कामदार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका – ६ बस्ने ३१ वर्षीय उमेशकुमार राय घाइते भएका छन् । अनुहार,दुवै हात र खुट्टामा आगोको रापले पोलेर घाइते भएका रायलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको छ । अलकत्राको ट्यांकर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिव २० लाखको क्षति भएको कंचन निर्माण सेवाका संचालक केदार गिरीले बताए ।

प्रहरी , स्थानीयबासी र मेचीनगर नगरपालिकाको दमलकको सहयोगमा राति ९ः२० बजे आगो नियन्त्रणमा आएको थियो । ट्यांकर चालक सिन्धुली सुनकोशी ७ बस्ने ४२ वर्षीय गणेश दाहाल भने सकुशल रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार