मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

मेचीनगरमा ११३ जना क्षयरोगका बिरामी

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

झापा । झापाको मेचीनगरमा ०८० साउनदेखि माघ मसान्तसम्म ११३ जना क्षयरोगका बिरामी फेला परेका छन् । नगर स्वास्थ्य शाखाका क्षयरोग फोकल पर्सन सदिक्षा भट्टराईका अनुसार  नगरका सबै वडाहरुमा क्षयरोगी भेटिएको छ । चालु आर्थिक बर्षमा सबैभन्दा बढी मेचीनगर वडा नं. ६ मा २४ जना क्षयरोगी फेला परेको फोकल पर्सन भट्टराईले बताए। 

उनका अनुसार वडा नं. १ मा ५ जना, वडा नं. २ मा ४ जना, वडा नं. ३ मा ३ जना, वडा नं. ५ मा ३ जना, वडा नं. ७ मा ६ जना, वडा नंं. ८ मा ५ जना क्षयरोगी भेटिएका छन भने वडा नं. ९ मा ९ जना, वडा नं. ११ मा ६ जना, वडा नं. १२ मा ५ जना, वडा नं. १३ मा २ जना र वडा नं. १४ मा २ जना ,वडा नं. १५ मा १४ जना, वडा नं. १० मा १३ जना र वडा नं. ४ मा १२ जना क्षयरोगी फेला परेका छन । त्यस्तै क्षयरोगीलाई नगरको स्वास्थ्य शाखाको टिमले फेला पारेको फोकल पर्सन भट्टराईले बताए ।

मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरे समेत नगरपालिकाले निशुल्क गर्ने व्यवस्था मिलाएको छ।

गत आर्थिक बर्ष २०७९/०८० मा नगरमा २०५ जना क्षयरोगी फेला परेकामध्ये जटिल प्रकृतिको क्षयरोगी ७ जना भेटिएको जनाइएकाे छ  । चिकित्सकको नियमित सम्पर्कमा बसेर ६ महिना औषधी सेवन गर्दा क्षयरोग पूर्ण रुपमा निको हुने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार