मुख्य समाचार
यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव |

अल्सरको उपचार कसरी गर्ने ?

देश प्रदेश डेस्क 5487+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

झापा । पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्नुलाई अल्सर भनेर बुझिन्छ । अल्सर किन हुन्छ त ? खासमा यो ग्यास्ट्राइटिसको कारणले आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रमा हुने घाउले हुन्छ । ग्यास्ट्राइटिस र हेलिकोब्याक्टर पाइलोरी नामक जीवाणु एच पाइलोरी इन्फेक्सन (दूषित पानी र अस्वस्थ खानपिनबाट सर्ने संक्रमण) का कारण हुने गर्छ । सबभन्दा बढी यसले नै अल्सर गराउँछ ।

अन्य कारणमा दुखाइ कम गर्ने एन्टिबायोटिक औषधिको लगातार प्रयोग, बाथरोथ र दीर्घरोगीलाई प्रयोग गर्ने स्टेरोइड औषधिको प्रयोग, अत्यधिक धुम्रपान र मदिरापान गर्ने, जंगफुड धेरै खानेलाई आन्द्रामा घाउ भएर अल्सर हुने सम्भावना हुन्छ । पछिल्लो समय बढ्दो मानसिक तनावका कारण धेरै मानिस अल्सरबाट ग्रसित छन् । लामो समय खाली पेट बस्ने व्यक्तिमा पनि यो रोग हुने जोखिम बढी हुन्छ ।

कसरी थाहा पाउने ?

अल्सर भएमा पेटको माथिल्लो भाग दुख्ने गर्छ । खाली पेटमा वा खाना खाइसकेपछि केहीबेरमा पेट दुख्ने, खानामा अरुचि हुने, बान्ता हुने, ग्यास र अपच हुने, पेट भारी हुने, तौल घट्ने हुन्छ । अल्सर बढ्दै गएपछि मुखबाट रगत आउने, दिसा कालो हुने र शरीरमा रगतको कमी हुने लक्षण देखा पर्छ ।

उपचार

अल्सरको उपचार एन्टिबायोटिक औषधि र शल्यक्रियाबाट गरिन्छ । यदि एचपाइलोरी इन्फेक्सनकै कारण ग्यास्ट्रिक वा अल्सर भएको छ भने ग्यास्ट्रिक र दुई थरीका एन्टिबायोटिक औषधि १४ दिनसम्म बिहान-बेलुका खानुपर्ने हुन्छ । त्यसपछि लक्षण हेरेर ६ देखि आठ हप्तासम्म एन्टिबायोटिक र ग्यास्ट्रिकको औषधिको सेवन गरेपछि निको  हुन्छ । तर ग्याष्ट्रिकको औषधि भने करिब पाँच-छ महिना नियमित सेवन गर्नुपर्ने हुन्छ ।

चिकित्सकको सल्लाहअनुसार औषधिको सेवन गरेमा अल्सर पूर्ण रुपमा निको हुन्छ । तर औषधिको प्रयोग दुई-तीन पटक दोहोर्‍याएर खाँदा पनि निको नभएमा र आन्द्रामा क्यान्सर भएको खण्डमा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

तर आजभोलि प्राय: औषधिको सेवनले नै निको भइरहेको पाइन्छ । त्यस्तै साधारण ग्यास्ट्रिक मात्र छ भने खानपान र स्वस्थ जीवनशैलीमा परिवर्तन ल्याएर पनि रोकथाम गर्न सकिन्छ ।

रोकथाम

पाचन प्रक्रियालाई बलियो बनाउने, सन्तुलित खानपान गर्ने, दुखाइको औषधि धेरै प्रयोग नगर्ने, मसालेदार, चिल्लो, पिरो अमिलो र जंकफुडको सेवन सकेसम्म कम गर्ने, लामो समयसम्म भोको नबस्ने र खानामा सागसब्जी, सलाद, फलफूल र फाइबरयुक्त खानेकुरा भरपुर मात्रामा खाने गर्न सकिन्छ ।अनलाइन खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार