मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

फागुन २१ काे निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छः अध्यक्ष लिङ्देन

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले फागुन २१ मा हुन गइरहेकाे निर्वाचनमा राप्रपा पहिलो पार्टी  बनाउन सकिने बताएका छन्।

पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लिङ्देनले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने सकिने प्रतिवद्धता गरे । उनले सामान्य रुपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरु एक भइरहेकाले यो सम्भव रहेकाे ठाेकुवा गरे । राप्रपामा समाहित हुने क्रम तिब्र रुपमा बढेर गएको बताउदै २०६२-६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको दाबी गरे ।

उनले भने, "सामान्य आँखाले हेर्‍याे भने कठिन जस्तो, असम्भव जस्तो लाग्छ तर आज तपाईंहरु हेर्नुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमा २०५१ सालको निर्वाचन बाहेक राप्रपा कहिले दुई वटा, कहिले तीन वटा गरि अनेक खण्डमा विभाजित भएर चुनावमा गयो । पहिलो पल्ट राष्ट्रिय प्रजातन्त्र पार्टी एउटै राप्रपा पार्टी मात्रै भएर चुनावमा जाँदैछ । राप्रपामा समाहित हुने क्रम तिब्र रुपमा बढेर गएको छ" । 

अध्यक्ष लिङ्देनले आफू अध्यक्षमा रहँदै राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना भएको हेर्न चाहेको बताए । आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउने गरि निर्वाचनमा लागन आफ्ना सबै कार्यकर्तालाई आग्रह गरेका छन् । मुलुकमा अभिभावकको भुमिकामा राजसंस्था हुनपर्ने, संघीयता खारेज हुनुपर्ने माग राख्न खाेज्ने हरुलाई राप्रपामा समाहित हुनुपर्ने जाेड दिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार