मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

सोमबार विश्वासको मत लिने सम्भावना सकियो , १३ गतेभित्र मत लिने समय तोकिने

देश प्रदेश डेस्क 5485+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

झापा  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुखले विश्वासको मत लिने दिन बिदामा बसेर उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परा तोडेको आरोप लगाएका छन् । उनले सोमबार विश्वासको मत लिने सम्भावना अब नरहेकाले १३ गतेभित्र कुनै दिन फेरि विश्वासको मत लिने बताए ।

उपसभामुख दनुवारले आफैंले बोलाएको बैठकमा अनुपस्थित भएर संसदीय व्यवस्थालाई धरापमा पार्ने र द्वन्द्व सिर्जना गर्ने अवस्था निर्माण गरेको मुख्यमन्त्री थापाको आरोप छ । उनले अहिलेको विषम परिस्थितिबाट शान्तिपूर्ण तरिकाले सहज निकासका लागि परामर्श गरिरहेको बताए ।

‘प्रमुख प्रतिपक्षी एमालेको सल्लाहमा विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवलाई दिएपछि उपसभामुखज्यूले समय तोक्नुभएको थियो,’ उनले भने, ‘यदि विश्वासको मत लिने बैठकमा उपस्थित हुने मन थिएन भने उपसभामुखज्यूले समय नदिएको भए पनि हुने थियो नि ? किन समय निर्धारण गर्नु ?’

प्रमुख प्रतिपक्षी दलसँगको सहमतिमा उदारतापूर्वक गठबन्धनको १५ र तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटको ८५ प्रतिशत राखेर प्रतिस्थापन विधेयक ल्याएर प्रदेशसभा सचिवालयमा आइतबार दर्ता गराइसकिएको मुख्यमन्त्री थापाले बताए । उनले एमालेसँगको सहमतिमा नै निजामती कर्मचारी र स्थानीय तहका कर्मचारीसम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराउँदा पनि विश्वासको मतमा यति ठूलो रडाको मच्चाएको गुनासो पोखे ।

अब आफू नेतृत्वको सरकारले आफ्नै बजेट ल्याएर प्रदेशसभाबाट पारित गराउने मुख्यमन्त्री थापाले बताए ।
अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयक भदौ १० गतेभित्र प्रदेशसभाबाट पारित गराई प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत गराइसक्नुपर्ने बाध्यात्मक अवस्था छ । तत्कालीन सभामुख बाबुराम गौतमको राजीनामा गराई बहुमत पुर्याएर दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार