मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

झापा क्षेत्र नं. १ मा रास्वपाको घरदैलो कार्यक्रम प्रशासनद्धारा रोक

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

                                                                                                                                    फायल तस्वीर

झापा निर्वाचन आचारसंहिता विपरितको प्रचार प्रसार  गरेकाे भन्दै झापा क्षेत्र नं. १ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो कार्यक्रम प्रशासनले रोकेको छ । बिहिबार बिहान काकडभिट्टा क्षेत्रमा घरदैलो कार्यक्रम भइरहेको स्थानमा प्रहरी पुगेर कार्यक्रम रोकेको रास्वपाका क्षेत्रीय निर्वाचन परिचालन समितिका सदस्य कमल गौतमले जानकारी दिए  ।  जिल्ला प्रशासन कार्यालय झापाको आदेश अनुसार प्रहरीले रोकेको आदेशले घरदैलो कार्यक्रम रोकेको प्रहरीले जानकारी गराएको गौतमले बताए ।

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यलय झापाले सार्वजनिक सूचना नै जारी गरी राजनीतिक दलको नाम उल्लेख नगरी घरदैलो कार्यक्रम रोकेको जनाएको छ । निर्वाचन आचारसंहिता विपरीतको प्रचार -प्रसार भएकाले घरदैलो कार्यक्रम रोक्नु परेको र विभिन्न स्थानका व्यानरहरु समेत निकालिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईले बताए । निर्वाचन आचारसंहिता सबै दलका लागि बराबर भएकाले त्यस बिपरीतका क्रियाकलाप नगर्न सबै दललाई आग्रह गरिसकिएको उनले जनाए । पुनः एकपटक सवै दल र उम्मेदवारलाइ राखेर छलफल गराउनु पर्ने आवश्यक देखिएकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै