मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२२ भाद्र २०८३, सोमबार

झापा / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। शोकका अवसरमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।

बाढीमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारले मृतकप्रति सम्मान र पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय शोक घोषणा गरेको हो। आज सार्वजनिक कार्यक्रमहरूमा समेत शोकलाई प्राथमिकता दिइनेछ।

भोटेकोशी बाढीले रसुवा, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीमा परी धेरै नागरिकको मृत्यु भएको छ भने अझै केही व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना, बस्ती तथा अन्य भौतिक संरचनामा समेत गम्भीर क्षति पुर्‍याएको छ।

सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्रता दिने जनाएको छ। साथै बेपत्ता नागरिकको खोजी र क्षतिको विवरण सङ्कलन गर्ने काम पनि जारी रहेको छ।

राष्ट्रिय शोकका क्रममा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले विपद्को पीडामा रहेका परिवारसँग राज्य साथमा रहेको सन्देश दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार