मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

पाथीभरामा एकै दिन दुई हजार बढी तीर्थयात्री पुगे

देश प्रदेश डेस्क 5486+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

झापा ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् । 

मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो । नवरात्र सुरु भएयता करिब पाँच हजार बढी तीर्थयात्री पाथीभरा आएका छन् । यो वर्षदेखि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या यकिन गर्नका लागि व्यक्ति गणना (फेस काउण्ट) गर्ने सिसी क्यामेरा जडान गरिएको छ । नवरात्रका समयमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको बताइएको छ ।

अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार भने पाथीभरामा भक्तजनको चाप निकै बढ्ने गरेको छ । अघिल्ला वर्षहरुमा दसैँको समयमा पर्ने शनिबार र मङ्गलबारका दिन एकै दिनमा दश हजार भक्तजन पुगेको तथ्याङ्क छन् । वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् ।

भक्तजनको आगमन बढेसँगै पाथीभरा क्षेत्रमा सुरक्षा, सहज यातायात, खाने बस्ने जस्ता प्रबन्धलाई व्यवसायीलगायत सम्बन्धित पक्षसँग छलफल गरी थप व्यवस्थित गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् ।

तीर्थयात्रीको चाप बढ्दै गएपछि सहजरुपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार