मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मोरङमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

झापा / मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर अपराह्न ४:४५ बजेतिर दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७/२८ वर्षीय किशोर गुरुङको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। 

अस्पताल पुर्याउन साथ दुवैजनालाई चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन्। कानेपोखरी–४ का अन्दाजी २५/२६ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३७/३८ वर्षीय विष्णु धिमाल घाइते भएको एसपी चिमरियाले बताए। 

उनका अनुसार उर्लाबारीमा सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ। दुर्घटनामा परेर दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार