मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

७ उद्याेगलाई फलाम, चुनढुङ्गा र ग्रेनाइट उत्खनन गर्न दिने सरकारकाे निर्णय

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

झापा / नेपाल सरकारकाे साेमबार बसेकाे मन्त्री परिषदकाे बैठकले नेपालका ७ उद्याेगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन गर्न दिने निर्णय गरेकाे छ ।

सरकारले शक्ति मिनरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि पाल्पा माथागढी गाउँपालिका–७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

त्यस्तै विशक्ति होल्डिङ्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि चितवन राप्ती नगरपालिका–१३ स्थित राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत सरकारले गरेको छ ।

रिद्धिसिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुंगा उत्खनन गर्न मकवानपुर भीमफेदी गाउँपालिका–७ स्थित राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

त्यस्तै बाबा माइन्स एन्ड मिनरल्स प्रालिाई चुनढुंगा उत्खननका लागि मकवानपुर भीमफेदी गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत भएको छ ।

यस्तै बिग प्लस मिनरल्स प्रालिलाई ग्रेनाइट उत्खनन गर्न मकवानपुर भीमफेदी गाउँपालिका–५ स्थित राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

केके लाइम्स एन्ड इन्डस्ट्रिज प्रालिलाई चुनढुंगा उत्खनन गर्न उदयपुर चौदण्डीगढी नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।

त्यस्तै अन्नपूर्ण मिनरल्स प्रालिलाई फलाम उत्खनन गर्न मकवानपुर बागमती गाउँपालिका–६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया

Bhes Raj १७ मंगशिर २०८२, मङ्गलबार

राम्रो काम अब उद्योग फस्टाउछन् फलाम मात्रै हैन हरेक धातुकाे उत्खनन गर्न दिनुपर्छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै