मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

भद्रपुर नगरका सुकुम्बासी परिवारलाइ निस्सा दिने प्रक्रिया शुरु

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

झापा झापाको भद्रपुर नगर क्षेत्रभित्र रहेका विभिन्न प्रकारका सुकुम्बासी परिवारलाइ नक्साको निस्सा दिने प्रक्रिया शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोगले भद्रपुर नगरपालिका मार्फत आइतबारबाट यो प्रक्रिया शुरु गरेको हो ।
आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, जिल्लाका तिलकसिं पाण्डे, भद्रपुर नगरप्रमुख गणेश पोखरेल , वडाअध्यक्ष लगायतले भद्रपुर वडा नम्बर १ र २ बाट छनोट भएका नागरिकलाइ निस्सा वितरण गरेका थिए । आयोगबाट प्रकाशित सूचना अनुसार अनुसूची ३ र ४ को भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवास गर्ने परिवारलाइ निस्सा वितरण गरिएको थियो ।
नगरभित्र अव्यवस्थित वसोवास गर्ने १ हजार २८ जना रहेका छन् । त्यसैगरी भूमिहिन सुकुम्बासीमा ९ सय २ परिवार छन् भने भूमिहिन दलितमा ९१ परिवार  देखिएको नगरका सूचना अधिकारी नेत्रप्रसाद पोखरेलले जानकारी दिए । उनले यी वाहेक अन्य ४९ परिवार रहेको समेत उल्लेख गरेका छन् । लगभग २९ सय परिवारको निवेदन परेपनि मापदण्डका कारण २ हजार २१ परिवार सङ्ख्या रहेको उनले बताए ।
नगरपालिका मार्फत आयोगमा दर्ता भएका परिवारको धनीपुर्जा प्राप्त गर्ने बाटो खुलेको आयोगका अध्यक्ष निरौलाले बताए । आयोग खारेज भएपनि प्रक्रिया खारेज नहुने उनको भनाइ थियो । आयोगबाट निस्सा पाएपछि उनीहरु खुसी देखिएका थिए । वडा नम्बर १ र २ मा शुरु भएको कार्यक्रममा विभिन्न तहका सुकुम्बासी उपस्थित रहेका थिए ।
सोही कार्यक्रमको अवसर पारेर भद्रपुर क्षेत्रमा रहेर नगरपालिकाले तोकेको मापदण्डभित्र परेका १ सय ६० परिवारलाइ विद्युतीय चुल्लो वितरण गरिएको छ । नगरभित्र रहेका १० वटा वाडमा प्रति वडा १६ थान चुल्लो वितरण गर्ने कामको शुरुवात गरिएको सुचना अधिकारी पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार