मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

। झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–८ बस्ने ८ वर्षीय अविनाश टुडुको जेई संक्रमणबाट मृत्यु भएको भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । अस्पतालमा परीक्षणका क्रममा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ १० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

धरानमा करिब १४ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएका थिए । घरमै राखेर उपचार तथा हेरचाह गरिरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

अविनाशको मृत्युसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । संक्रमितहरुको संख्या भने १४ पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार यसअघि मेचीनगरमा दुई जना तथा बिर्तामोड, बाह्रदशी, अर्जुनधारा र हल्दीबारीमा एक–एक जनाको जेई संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो समय जिल्लामा जेई संक्रमणसँगै मृत्युसमेत बढेपछि संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

स्वास्थ्य कार्यालयले आगामी असोज ५ गतेदेखि जिल्लामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार