मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

युरिक एसिडको समस्या छ ? जाडोमा नखानुस् यी चीज

देश प्रदेश डेस्क 5487+ समाचार ( )
७ पौष २०८०, शनिबार

झापा । शरीरमा युरिक एसिड जम्मा हुनुलाई निकै खतरनाक मानिन्छ । रगतमा युरिक एसिडको मात्रा बढ्यो भने जोर्नी दुख्ने समस्या आउँछ, मृगौलासम्बन्धी रोग, हर्ट अट्याक जस्ता प्राणघातक रोग पनि लाग्न सक्छन् । 

कयौँ पटक त युरिक एसिडले शरीरमा क्रिष्टलको रुप लिन्छ अनि बिस्तारै थुप्रिन थाल्छ । यसका कारण जोर्नी दुख्ने समस्या देखिन थाल्छ । तपाईँको शरीरमा पनि युरिक एसिडको मात्रा धेरै छ भने विशेषगरि जाडो याममा खानपानमा विशेष ख्याल राख्नुस्  । प्रायः सर्दिको मौसममा खाइने केही खानेकुराले युरिक एसिडको स्तरलाई झन् बढाउन सक्छ । सर्दीमा युरिक एसिडका बिरामीले खान नहुने यी खानेकुराहरू के के हुन्, हेरौँ ।

मासु: चिसोमा शरीरलाई तातो राख्ने भन्दै मानिसहरू मासु खान मन पराउँछन् । तर रेड मिट, मिर्गौला आदिले शरीरमा युरिक एसिडको स्तर बढाउन सक्छ ।

सी फूडः केही प्रकारका सी फूडले शरीरमा युरिक एसिडको मात्रा बढाउन सक्छ । त्यसैले सी फूड खानु अघि डाक्टरसँग सोध्नु होला ।

किसमिसः खास भन्ने हो भने किसमिस स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर युरिक एसिडका बिरामीका लागि भने यसको सेवन खतरनाक साबित हुन सक्छ ।

सलगमः चिसोयाममा बजारमा टन्नै सलगम पाइन्छ । यसलाई केहीले सलाद त केहीले तरकारीको रुपमा खान्छन् । तर युरिक एसिडका बिरामीले भने यो खानु हुन्न । यसमा केही यस्तो तत्व पाइन्छ जसले युरिक एसिडको मात्रा बढाउन सक्छ ।

खजूरः खजुर कम प्युरिनयुक्त फल हो । तर यसमा फ्रुक्टोजको मात्रा भने धेरै हुन्छ । युरिक एसिडका बिरामीले खजुर खाादा रगतमा फ्रुक्टोजको मात्रा बढ्न सक्छ ।

चुकन्दर: चिसोमा चुकन्दरको सेवन निकै धेरै हुन्छ । तर यसमा युरिक एसिडको स्तर बढाउने तत्त्वहरू पाइन्छ । त्यसैले तपाईँमा युरिक एसिडको समस्या छ भने यसलाई खानु हुन्न ।

मिठाई: गुलियो धेरै पाइने खानेकुरा खाँदा शरीरमा युरिक एसिडको स्तर बढ्न सक्छ । मिठाईमा चिनीको मात्रा निकै धेरै हुन्छ । त्यसैले यसलाई खाएपछि युरिक एसिड बढ्न थाल्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार