मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

भद्रपुरमा भव्य रूपमा मनाइयो हनुमान जयन्ति, झाँकीसहितको र्‍यालीले नगर परिक्रमा

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

झापा / झापाको भद्रपुरमा हनुमान जयन्तिको अवसरमा भव्य रूपमा कार्यक्रम भइरहेको छ। धार्मिक आस्था र सांस्कृतिक उत्साहका बीच स्थानीयवासीको उल्लेखनीय सहभागितामा विविध कार्यक्रम आयोजना गरिएकाे आयाेजकले जानकारी दिएकाे छ।

हनुमान मन्दिरबाट निकालिएको झाँकीसहितको र्‍याली भद्रपुर बजार क्षेत्र परिक्रमा गर्दै भानुचोक, संगम, हस्पिटल मोड, गणेश मन्दिर हुँदै पुनः भद्रपुर–५ स्थित मेची किनारमा रहेको हनुमान मन्दिर पुगेर समापन गरिने आयाेजकले जानकारी दिएकाे छ। र्‍यालीमा बाजागाजा, भजन–कीर्तन तथा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो, जसले वातावरणलाई पूर्ण रूपमा भक्तिमय बनाएको थियो।

कार्यक्रममा बालबालिकादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले भगवान हनुमानको जयजयकार गर्दै नगर परिक्रमा गरेका थिए। आयोजक समितिका अनुसार हनुमान जयन्तिको अवसरमा हरेक वर्ष यसरी नै भव्य कार्यक्रम गर्दै आइएको र आगामी वर्षहरूमा अझ व्यवस्थित रूपमा आयोजना गरिने योजना रहेको छ।

सुरक्षाको दृष्टिले स्थानीय प्रशासन र प्रहरी परिचालन गरिएको थियो भने कार्यक्रम शान्तिपूर्ण रूपमा भइरहेकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार