मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

इलाममा हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

झापा / इलाम माईजोगमाई गाउँपालिका–२ निवासी २३ वर्षीय प्रकाश चापागाईँको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हत्यामा संलग्न रहेको अभियोगमा सूर्योदय नगरपालिका–१ निवासी ३३ वर्षीय किरण शेर्पालाई पक्राउ गरिएको हो । 

गत असार ३२ गते राति करिब ९ः५० बजे सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईँ र उनका भाइ प्रकाश चापागाईँसँगको आपसी विवादका क्रममा झगडा भएको थियो । सोही क्रममा स्थानमै रहेका किरण शेर्पाले धारिलो हतियार प्रयोग गरी दुवै जनामाथि आक्रमण गरेका थिए ।

छुरा प्रहारबाट प्रकाश चापागाईँको घटनास्थलमै मृत्यु भएको थियो भने उनका दाजु निरोज चापागाईँ गम्भीर घाइते भई हाल झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचाररत छन् ।

घटना लगत्तै फरार रहेका किरण शेर्पालाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र मानेभञ्ज्याङबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १ गते राति भारत–नेपाल सिमानास्थित मानेभञ्ज्याङ क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत इलाममा उपस्थित गराई साउन १ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । इलाममा हतियार प्रहार गरी भाइको हत्या, दाई गंभीर घाइते

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार