मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

धनकुटामा सुगुर बोकेको पिकअप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

झापा ।  धनकुटामा सुगुर बोकेको पिकअप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।

गएराति ९.१० बजे धनकुटाको पाख्रीबास ३ जौटारस्थित पाख्रीबास– हिले सडकखण्डमा पाख्रीबासबाट हिलेतर्फ आउँदै गरेको को १ ज २६३९ नम्बरको पिकअप बोलेरो दुर्घटनामा परेको हो । तीनवटा सुगुर लोड गरेर आउँदै गरेको सो पिकअप बोलेरो सडकबाट अनियन्त्रित भई अन्दाजी १४० मिटर तल झरेको छ ।

दुर्घटनामा सह–चालक सिरहा लहान ५ बस्ने अन्दाजी २४ वर्षीय प्रमोद मल्लिकको घटनास्थलमै मृत्यु भएको छ भने चालक पाख्रीबास नगरपालिका वडा नम्बर ९ उत्तरपानी बस्ने ३९ वर्षीय शुक्रबहादुर तामाङ घाइते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । तीनवटै सुगुर जीवित रहेको धनकुटा प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो साँझ ७ः३० बजे संखुवासभाको सिलिचोङ २ खोप्चेस्थित माथिल्लो संखुवा हाइड्रोपावरको ड्याम साईडको बाटो खन्ने क्रममा बा. ०१–००४ क ३०१२ नम्वरको स्काईभेटर बाटोबाट अन्दाजी ३०० मिटर तल संखुवा खोलामा झरेर दुर्घटना भएको छ ।

दुर्घटनामा स्काईभेटरका चालक चितवन खैरेनी १० बस्ने ४२ वर्षीय रामकुमार पाण्डे घाइते भएका छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार