मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

खुकुरी र छुरी बोकेर आक्रमणको प्रयास गर्ने चार जना पक्राउ

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१० श्रावण २०८३, आइतबार

झापा गाउँपालिकामा खुकुरी र छुरीसहित आक्रमण गर्न आउने चारजना युवक पक्राउ परेका छन् ।गएराति ११ बजे झापा गाउँपालिका ५ पुरानो शरणामति बस्ने २६ वर्षीय सुरेश हेमरममाथि आक्रमण गर्न वडा नं ६ शरणामति चन्द्रबस्ती बस्ने २० वर्षीय आकाश मुर्मुले सोही ठाउँ बस्ने १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर बि.क र १८ वर्षीय रोहन कर्मकारलाई खुकुरी र छुरीसहित लिएर आएका थिए । हेमरमको घरमा आई घर घेरा हालेर ‘काटि दिन्छु मारि दिन्छु’भन्दै आक्रमणको प्रयास गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी शरणामतिमा जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक चुक्तबहादुर बिष्टको कमाण्डमा र प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक तिर्थबहादुर भण्डारीको कमाण्डमा टोली आएर खुकुरी र छुरीसहित चारैजनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई इप्रका कुरमरखोदबाट थप अनुसन्धान तथा कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

सुरेश हेमरम र आकाश मुर्मुबिच फोनमा विवाद भएको थियो । सोही विवादलाई लिएर मुर्मुले ग्याङ लिएर हेमरमको घरमा आक्रमण गर्न आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार