मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

नविन भट्टराइको अध्यक्षतामा सनातन हिन्दुराष्ट्र अभियान नेपाल भद्रपुर नगर समिति गठन

देश प्रदेश डेस्क 5490+ समाचार ( )
८ पौष २०८०, आइतबार

झापा । धर्ममाथी चौतर्फी आक्रमण भएको भन्दै धर्मलाइ रक्षा गर्ने उद्देश्य लिएर सनातन हिन्दुराष्ट्र अभियान नेपाल भद्रपुर नगर समिति गठन गरिएको छ । वैदिक सनातन धर्म र धर्माबलम्बीहरुको रक्षार्थका लागि सवै एकजुट हुनका निमित्त समिति गठन गरिएको हो ।  
श्रीकृष्ण द्धैपायन गुरुकुल वेद्याश्रम भद्रपुर ६ मा आइतबार वसेको भद्रपुर नगर क्षेत्रका गुरु ,पण्डित र पुरोहितको भेलाले नविन भट्टराइको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा पदम खतिवडा,सचिवमा दिनेश मिश्र,सहसचिवमा गोपाल खनाल र कोषाध्यक्षमा चन्द्र प्रसाद घिमिरे चयन भएका छन् ।
 त्यसैगरी सदस्यहरुमा हेमन्त पौडेल, कमलनयन निरौला,पुष्पराज न्यौपाने ,गंगा बराल, हरिप्रसाद पोखरेल र ऋषि नेपाल रहेको निर्वाचन मण्डलका संयोजक मोहन घिमिरेले जानकारी दिए ।
 भेलाले घिमिरेको संयोजकत्वमा शेषराज रिजाल र राजेन पौडेलसहितको ३ सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो । गठित समितिले भेलामार्फत भद्रपुर वडा नम्बर १ देखी १० सम्मका व्यक्तिहरुबाट नामावली सर्वसम्मत छनौट भइ समिति गठन भएको उनले जानकारी दिए । जिल्ला समिति झापाको उपस्थितिमा समिति गठन भएको थियो भने करिव १ सय जनाको उपस्थिति रहेको थियो ।
भद्रपुर नगर संयाेजक शेषराज रिजाल र राजेन पाैडेलले सहजीकरण गरेकाे  कार्यक्रमकाे सभापतित्व जिल्ला अध्यक्ष रामप्रसाद ओझाले गरेका थिए । 

जिल्ला सहसचिव खगेन्द्र प्रसाद निरौलाले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि विर्तामोड नगर अध्यक्ष मोहन घिमिरेले प्रष्ट पारेका थिए ।
झापाका पन्ध्र पालिका समिति गठन गर्ने क्रम जारी रहेकोले केही दिन भित्र पूरा गरिने जिल्ला अध्यक्ष  ओझाले जानकारी दिए । कार्यक्रममा रेमनाथ चुडाल, महेन्द्र भट्टराइ लगायत सहभागीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार