मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

भद्रपुर ७ नं. वडा कार्यालयद्धारा टोल विकास संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

झापा । भद्रपुर नगरपालिका ७ नं. को वडा कार्यालयले नवगठित टोल विकास संस्थाका अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्ष अभिषेक ढुङ्गानाले टोलमा गर्नुपर्ने काम,कर्तव्य र अधिकारका वारेमा जानकारी गराएका थिए ।
विकास भनेको सडक, विजुली , पानी मात्र नभइ व्यक्तित्व विकास, घरेलु उद्योग लगायत स्वरोजगार बन्नु चाही दीर्घकालीन विकास भएको उनको धारणा थियो । टोलमा देखिएका सामान्य समस्या टोलबाट नै समाधान गर्न र बाँकी कामहरुका लागि वडा तथा नगरसँग समन्वय गरी टोललाइ जसरी भएपनि समृद्ध र सुन्दर वनाउन उनले अनुरोध गरेका थिए ।

बार्षिक कार्ययोजना बनाएर कार्यक्रम गर्ने र आकस्मिक वाहेक तीन÷तीन महिनाको पहिलो शनिबार टोल विकास संस्थासँग अन्तरक्रिया गर्ने निधो गरिएको वडा अध्यक्ष ढुङ्गानाले जानकारी दिए । कार्यक्रममा टोल विकास संस्था सञ्चालन कार्यविधि,नगर पुस्तिका सहित प्रत्येक टोल विकासलाई एकथान स्प्रे टंकी प्रदान गरिएको उनले जनाए ।

वडा सचिव ललिता थापाले सहजीकरण गरेको कार्यक्रममा टोल विकासका अध्यक्ष तथा प्रतिनिधिले टोलमा देखिएका समस्या र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा वडासदस्य कुपितनारायण राजवंशी, केदार प्रसाद निरौला,भिभा पासवान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार