मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२९ भाद्र २०८३, सोमबार

झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल, नेपालले ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा इलाकाबाट हिजो दिउँसो २ः३० बजे भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको स्पोर्ट सुज, कुर्ता तथा जामा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. काँकडभिट्टाबाट आईडी नं. ७२५२ का सशस्त्र प्रहरी नायव निरीक्षक महेन्द्र गुरुङको कमाण्डमा खटिएको ४ जनाको बीआइटी टोली र मेची भन्सार कार्यालयका भन्सार अधिकृत पृथीराम राईको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।

बरामद गरिएका सामानमा ६ लाख २० हजार रुपैयाँ बराबरको १७० जोर स्पोर्ट सुज, ३६ हजार ५ सय रुपैयाँ बराबरको ७३ पिस कुर्ता र ४ हजार ४ सय रुपैयाँ बराबरको २२ पिस जामा गरी जम्मा ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको सामान रहेका छन्।

बरामद गरिएका उक्त सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा झापाका सहायक गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र के.सी.ले जानकारी दिएका छन् ।सहायक गणपति डीएसपी के.सीले अवैध चोरी निकासी पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालको सक्रियता निरन्तर जारी रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार