मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |
मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |


सिक्किममा ताल फुटेर बाढी, १ नेपालीसहित १० को मृत्यु साथै ८८ बेपत्ता

देश प्रदेश डेस्क 5192+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

झापा ।   उत्तर सिक्किमको लोनार्क ग्लेसियर ताल बिस्फोट भएर टिस्टा नदीमा बाढी आउँदा एक नेपालीसहित १० को मृत्यु भएको छ, २३ सैनिकसहित ८८ बेपत्ता छन्। बुधबार बिहानको राति १ बजे नदीमा ताल फुटेर बाढी आएको थियो। बाढीले अर्बौंको भौतिक क्षति गर्नुको साथै सयौंको ज्यान लिएको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जसमा नेपाली पनि परेका छन्। 

सिक्किम सरकारले बुधबार साँझ प्रेस विज्ञप्तिमार्फत बाढीमा परी मृत्यु हुनेमा नेपाली नागरिक मोरङका ४५ वर्षीय भरत घतानी रहेको जनाएको छ। घतानीको शव रुद्र शंकरको घरमा फेला परेको थियो। उनको शवलाई सिङ्ताम जिल्ला अस्पतालमा राखिएको छ। उनी त्यहाँ घुम्नका लागि गएको हुनसक्ने बताइएको छ। 

त्यस्तै अन्य मृत्यु हुनेहरूमा सिङ्ताम गोलीटार निवासी ३९ वर्षीय रामकुमार शर्मा, सोही ठाउँकी ३२ वर्षीया रुबिदेवी शर्मा र १० महिनाको बालक भूषण शर्मा छन्। अन्य ६ जनाको यो समाचार तयार पार्दासम्म परिचय खुलेको छैन। बाढीले १४ वटा ठूला पुल बगाउँदा मुख्य राजमार्ग बन्द भएको सिक्किम सरकारको विज्ञप्तिमा उल्लेख छ।

बाढी पहिरोमा परी चार जिल्लाका मानिस प्रभावित भएको छ। मंगन जिल्लाका १६ जना बेपत्ता छन्। त्यहाँका करिब १० हजार मानिस प्रभावित भएको बताइएको छ। गान्तोक जिल्लाका सिंगतामबाट १५ जना बेपत्ता भएका छन्। त्यहाँका करिब १ हजार २५ जना विस्थापित भएका छन्। पाक्योङ जिल्लाका १ सय ५० पक्की र १ सय २७ कच्ची घरमा क्षति पुगेको जनाइएको छ। त्यहाँका ५६ जना विस्थापित भएका छन्। त्यस्तै नाम्ची जिल्लामा बाढीले प्रभावित र विस्थापित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ। 

बाढीले सिङ्तामनजिकै बरदाङमा पार्किङ गरिएका सेनाका सवारीसाधनमा क्षति पुर्‍याउनका साथै त्यहाँ रहेका २३ सैनिक बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। टिस्टा नदीले बगाएर ल्याएको तीन जनाको शव पश्चिम बंगालको गाजलडुब्बा टिस्टा ब्यारेजनजिक फेला परेको छ। उनीहरूको परिचय खुलेको छैन। 

लोनार्क ग्लेसियर ताल बिस्फोट भएपछि चुंगथांग ड्याममा ठूलो मात्रामा पानी निकास हुँदै टिस्टा नदीमा बाढी आएको थियो। उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमानजिक पर्छ। ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजंघालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ।

चुंगथांग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिटमाथि रहेको सेनाले बताएको छ। ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको थियो। भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जंगली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ। सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो। अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ।

बिहानको राति १ बजेदेखि नदीको जलस्तर बढेपछि सिक्किम प्रहरी घटनास्थलमा तैनाथ भई नदी आसपास बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारेका थिए। नदी आसपास रहेका तीन तला घरमाथिसम्म बाढी पसेको थियो। बाढीले गाडी तथा साना घरहरू बगाएको छ। समयमै सर्वसाधारणलाई सार्दा ठूलो मानवीय क्षति हुनबाट जोगिएको सिक्किम प्रहरीका विशेष डीजीपी अक्षय सचदेवाले बताए। बाढीका कारण सडक सञ्जाल, विद्युत्, टेलिफोन, खानेपानी जस्ता पूर्वाधारमा ठूलो क्षति पुगेको विशेष डीजीपी सचदेवाले बताए।

नदीमा आएको बाढीले राष्ट्रिय राजमार्ग–१० मा क्षति हुँदा पश्चिम बंगाल र सिक्किमबीचको सडक सञ्जाल विच्छेद भएको छ। सिलगुढीदेखि सिक्किम जाने सवारीसाधन बुधबार बन्द हुँदा कैयौं पर्यटक सिलगुढीमा अलपत्र परेका छन्। राज्य सरकारले पाकिम, गान्तोक, नाम्ची र मंगन जिल्लाका सबै सरकारी तथा निजी शैक्षिक संस्था अक्टोबर ८ तारिखसम्म बन्द गरिदिएको छ। 

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) ले बाढी पहिरोमा फसेकाको उद्धार गर्न सिंगो सरकार जुटेको बताएका छन्। यता प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुराकानी गर्दै सिक्किम राज्यमा टिस्टा नदीले निम्त्याएको प्राकृतिक विपद्बारे जानकारी लिएका छन्। प्रधानमन्त्री मोदीले यस प्राकृतिक विपद्मा जुझ्न राज्यलाई आवश्यक सबै सहयोग पुर्‍याउने आश्वासन दिएका छन्। यसबारे प्रधानमन्त्री मोदीले ट्विट गर्दै मुख्यमन्त्री तामाङसँग कुराकानी भएको जानकारी गराएका थिए। उनले पीडितहरूको सुरक्षाको निम्ति प्रार्थनासमेत गरेका छन्।

सिक्किमबाट बगेर आउने टिस्टा नदीले पश्चिम बंगालको गाजलडुब्बा, जलपाइगुढी, कुचविहार क्षेत्रमा समेत क्षति पुर्‍याउने सक्ने सम्भावित घटनालाई लक्षित गरी बंगाल प्रहरीले नदी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार