मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

बिर्तामोड वाणिज्य संघको निर्वाचन
मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा

देश प्रदेश डेस्क 5408+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

झापाआसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले  उम्मेदवारी घोषणा गरेको छ । यही फागुन १४ गते हुने वाणिज्य संघको निर्वाचनका लागि पाँच दलीय समर्थनमा संघका वर्तमान महासचिव अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा गरिएको हो ।

बिर्तामोडस्थित अतिथि सदनमा बिहीबार आयोजित स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवारी घोषणा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवारहरूको नामावली घोषणा गरेका हुन् । 

स्वतन्त्र व्यावसायिक प्यानलबाट अध्यक्षमा मैनाली, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष गङ्गा मैनाली, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कृष्ण पौडेल, उद्योग सचिव विषम लिम्बु, वाणिज्य सचिव कृष्ण चापागाईँ, कोषाध्यक्ष युवराज निरौला र सह–कोषाध्यक्षमा निशा कर्ण रहेका छन् ।  त्यस्तै खुल्ला सदस्यहरूमा शत्रुधनप्रसाद गुप्ता, केदार खनाल, शोतलाल राजवंशी, कृष्ण बजगाईँ , राकेश कुमार सिंह, चन्द्रा भट्टराई, अमिर खान, महिला सदस्यहरू सुषमा उप्रेती (सुवेदी) र रिता चौधरी अग्रवाल रहेका छन् । स्वतन्त्र उम्मेदवारहरूलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी  र जसपाको समर्थन रहेको छ । साथै स्वतन्त्र व्यवसायिक प्यानलले २१ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ ।

अध्यक्षका उम्मेदवार मैनालीले वाणिज्य संघ मार्फत व्यवसाय क्षेत्रमा रूपान्तरण ल्याउन स्वतन्त्र प्यानलको जीत जरुरी रहेको जोड दिएका छन् । उनले यथास्थितिको निरन्तरता गर्ने कि परिवर्तनको थालनी गर्ने त्यसमा व्यवसायीहरूले ध्यान दिनुपर्ने बताए । व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्षका उम्मेदवार मैनालीले रूपान्तरणका लागि स्वतन्त्र व्यवसायीक प्यानललाई मत दिन आव्हान गरेका छन् । उम्मेदवार घोषणा कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवम् अग्रज व्यक्तित्व राजकुमार पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भवानीप्रसाद दंगाल, वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्की,  रास्वपाका बिर्तामोड नगर अध्यक्ष अर्जुन उप्रेती, निर्वाचन परिचालन समिति संयोजक एकराज कार्की लगायतले मन्तव्य राखेका थिए । राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार