मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

किचकबधमा नवौँ पटकको उत्खनन हुँदै, अहिलेसम्म के-के भेटियो ?

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२५ जेठ २०८३, सोमबार

झापाको भद्रपुर २ पृथ्वीनगरमा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल किचकबधमा नवौँ पटकको उत्खनन कार्य अन्तिम अवस्थामा पुगेको छ । उत्खनन टोलीको नेतृत्व गरिरहनु भएका पुरातत्वविद उद्धव आचार्यका अनुसार यस पटकको उत्खनन गत जेठ ६ गतेबाट सुरु भएको र यही जेठको अन्त्यमा सकिने छ ।

नेपाल पुरातत्त्व विभागले विक्रम सम्बत २०५८ सालमा पहिला पटक उत्खननको काम सुरु गराए पनि थोरै रकम दिने र थोरै समय मात्र काम हुने भएकोले नवौँ पटक उत्खनन गर्दा पनि अझै पूरा हुन नसकेको पुरातत्वविद आचार्यको भनाइ छ । वि.सं.२०३५ सालमा यश ऐतिहासिक स्थलको उत्खननको सुरुवात भद्रपुरस्थित मेची क्याम्पसको इतिहास विभागले प्राध्यापक घनश्याम खनालको नेतृत्वमा गरेको थियो ।

यश घटनापछि यस स्थललाई पुरातत्त्व विभागले आफ्नो अधीनमा लिएर त्यस उत्खननबाट भेटिएका माटाकाे घैला, पुराना इँटाका टुक्रालगायत पनि लगेको थियो । यो उत्खननको २३ वर्षपछि बल्ल पुरातत्त्व विभागले पुरातत्वविद आचार्यलाई यस क्षेत्रको नेतृत्व दिएर उत्खननमा पठाएको हो । तर, पहिलो पटक उत्खनन गरेको २४ वर्ष वितिसक्ता पनि पूरा हुन नसक्नु विडम्बना नै भएको छ । हालसम्मको उत्खननबाट यश क्षेत्रमा ९ वटा दरबारका संरचना भेटिएका छन् भने अझै उत्खनन बाँकी छ ।

यस क्षेत्रमा पाइएका पुरातात्त्विक बस्तुहरूको कार्बन परीक्षणबाट यो स्थल २२-२३ सय वर्ष पुरानो मानिएको छ । यस समयमा भारतमा शुङ्ग कुषाणकाल थियो । भद्रपुरमै यति प्राचिनस्थल जो राष्ट्रिय सम्पदा अझ विश्व सम्पदासम्म हुनसक्ने ऐतिहासिक स्थल भएर पनि स्थानीय सरकारले, स्थानीयले गठन गरेको संरक्षण समितिले र अझ प्रदेश अनि सङ्घीय सरकारको ध्यान नपुग्नु अर्को विडम्बना भएको छ ।

यसलाई भनिन्छ माल पाएर पनि चाल नपाउनु । अर्थात् चाल पाए श्रीखण्ड नपाए खुर्पाको बिँड भन्दा पनि अतिशयोक्ति नहोला । किचकबधमा प्रयोग भएका इँटा लुम्बिनीको बुद्ध जन्मस्थलमा प्रयोग भएका इँटासँग मिल्छन् । त्यसैले यो भद्रपुरको त धरोहर हुँदै हो, यसको उत्थान र विकासमा अझ प्रदेश सरकार संलग्न भएमा यसको पर्यटकीय विकास पनि हुने थियो । खोइ त यसलाई उनीहरूले महत्त्व दिएका । कहिले उनीहरूको बुद्धिको बिर्को खुल्ने हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार