झापा । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हे.क्वा झापाले सीमाबासीसँग सशस्त्र प्रहरी विषयकमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सशस्त्र प्रहरी गण न.ं २ झापामा सोमबार नेपाल– भारत सीमासँग जोडिएका सीमावर्ती वडाका १४ जना वडा अध्यक्ष तथा वडासदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सीमा सुरक्षा , सीमा अपराध नियन्त्रण ,सशस्त्र प्रहरी प्रति स्थानीय जनताको अपेक्षा, सीमा सुरक्षालाइ प्रभावकारी वनाउन स्थानीय तह र समुदायको भूमिका ,निरन्तर समन्वय, लगायतका विविध विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको सशस्त्रका डिएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको सहजीकरण गणपति देवराज अर्यालले गरेका थिए ।
केहीदिन यताबाट नेपाल–भारत सीमामा रहेका जीर्ण सीमा स्तम्भको रङरोगन तथा मर्मत कार्य सुरु गरिएको छ । सीमा स्तम्भ मर्मतसम्भार कार्य अन्तर्गत सशस्त्र प्रहरी बलले झापाका ३ सय १७ वटा सीमा स्तम्भहरुको मर्मत सम्भार कार्य गरिने जनाइएको छ ।
यस अघि भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बलले जोर नम्बरको ३४४ वटा सीमा स्तम्भहरुको मर्मत सम्भार गरिसकेको छ ।
झापामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर दुरीमा झापासँग जोडिएको भारतीय सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेका छन् ।