मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

हिरासतमा थुनुवाको मृत्यु, प्रहरीको गोलीबाट एक प्रदर्शनकारी घाइते

देश प्रदेश डेस्क 5450+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

झापा धनुषामा प्रहरीको हिरासतभित्र एक जना थुनुवाको मृत्यु भएको छ। हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका थुनुवाको गएराति मृत्यु भएको हो।

सुगा निकासका दीपनारायण मण्डलको मृत्यु भएपछि परिवार तथा आफन्त आक्रोशित छन्। प्रहरीले कुटपिट गर्दा मण्डलको मृत्यु भएको भन्दै उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ। डिएसपी रञ्जन अवालेका अनुसार एक राउण्ड हवाई फायर गरिएको हो। गोली लागेर हंशपुर नगरपालिकाका ५ का ३६ वर्षिय शिवशंकर मण्डल घाइते भएका छन्। उनको हातमा गोली लागेको छ।

घाइते मण्डलको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। हंशपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै–झगडा हुँदा दिपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

विपक्षीले इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई ‘पैसा खुवाएर’ निर्घात कुट्न लगाउँदा दीपनरायणको मृत्यु भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार