मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

सुरुङ्गामा सवारी दुर्घटना, भद्रपुरका ४ जनासहित दर्जनौँ घाइते आमा छाेराकाे मृत्यु मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२ माघ २०८२, बिहीबार

झापा / झापाको सुरुङ्गा बजारअन्तर्गत कनकाई नगरपालिका वडा नं. ३ नयाँबस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा माघ १ गते बिहान सवारी दुर्घटना हुँदा डेड वर्षीय बालक र उनका ४० वर्षीया आमाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।

बिहान करिब ९:३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालवाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा पिकअप गाडीमा सवार यात्रुहरू घाइते भएका थिए। घाइतेमध्ये भद्रपुर नगरपालिका निवासी आफुद राजवंशीका डेड वर्षीय छोरा आरुति राजवंशीलाई उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो। अस्पताल ल्याइपुर्‍याउनासाथ चिकित्सकले बिहान १०:१५ बजे मृत घोषणा गरेका थिए। भने आमा सुस्मा राजवंशीकाे पनि उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचाररत घाइतेहरूमा मेचिनगर–१५ निवासी ६५ वर्षीया फुलमुन्नी मुर्मु (निधार र मुखमा चोट, अवस्था सामान्य), ४२ वर्षीया जमुना राजवंशी (निधारमा चोट, अवस्था सामान्य) र ११ वर्षीय अनिष राजवंशी (टाउकोमा चोट, अवस्था सामान्य) रहेका छन्।

बिर्तासिटी अस्पताल बिर्तामोडमा भद्रपुर नगरपालिका–४ निवासी ४० वर्षीय पुष्पलाल राजवंशी (टाउको र दाहिने कुममा चोट, अवस्था मध्यम), भद्रपुर–८ निवासी ४० वर्षीय आफुद राजवंशी (टाउकोमा चोट, दाहिने हात र खुट्टा भाँचिएको, अवस्था गम्भीर), १५ वर्षीय छोरा आशिष राजवंशी (बायाँ हात र चिउँडोमा चोट, अवस्था सामान्य), भद्रपुर–९ निवासी ४० वर्षीया टेमुना राजवंशी (टाउको र हातमा चोट, अवस्था मध्यम), शिवसताक्षी–१० निवासी २९ वर्षीया अन्जली राई (छातीमा भित्री चोट, अवस्था मध्यम), बिर्तामोड–३ निवासी २४ वर्षीय अभिषेक राजवंशी (बायाँ हातमा भित्री चोट, अवस्था सामान्य), मेचिनगर–१५ निवासी १५ वर्षीया कृतिका राजवंशी (टाउकोमा चोट, अवस्था सामान्य) र भद्रपुर–४ निवासी ४५ वर्षीया पाथल राजवंशी (दाहिने खुट्टा भाँचिएको, मुखमा चोट, अवस्था गम्भीर) उपचाररत छन्।

दुर्घटनामा संलग्न पिकअप चालक बिर्तामोड नगरपालिका–६ निवासी ३९ वर्षीय जाकिर हुसेन प्रहरी नियन्त्रणमा रहेका छन्। बस चालक भने घटनापछि फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुवै सवारी साधन प्रहरी नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै