मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

स्वर्गीय नेता सुवास नेम्वाङको घरजग्गा लिलामी हुँदै

देश प्रदेश डेस्क 5450+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

झापा एमालेका नेता स्वर्गीय सुवास नेम्वाङको इलामको घरजग्गा लिलामी हुँदैछ ।

उनको घरजग्गा लिलामीसम्बन्धी सूचना प्रकाशित भएको हो । नेपाल बैंक लिमिटेडले घरजग्गा लिलामीको ३५ दिने सूचना निकाल्दै फागुन १० गतेभित्र कर्जा चुक्ता गर्न म्याद दिएको छ । पाम फुड्स एन्ड वेभरेज टेक्नोलोजी प्रालिको नाममा नेपाल बैंकबाट कर्जा लिँदा नेम्वाङ व्यक्तिगत जमानीकर्ता बसेका थिए । नेम्वाङकी भाइबुहारी देवकुमारी लिम्बूले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएकी थिइन् । लिम्बूसँगै कम्पनीका अर्का सञ्चालक झापा शान्तिनगर–५ का रुद्रप्रसाद (काजीमान) गिरी पनि रहेका थिए ।

बैंकले नेम्वाङसँगै लिम्बू, गिरी, नेम्वाङका छोरा मिङ्सो, सम्याङ, भाइ सुरेश कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावतीलगायतको नाममा ३५ दिने लिलामीको सूचना निकालेको छ । त्यस्तै व्यक्तिगत जमानीकर्ताको रूपमा सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी गरेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलामस्थित इलाम–२ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै लिगलगापात समेत लिलामी हुने बताइएको छ । ‘ ऋणीहरूले लिएको कर्जाको साँवा र व्याज नियमित रूपमा नतिरेको हुँदा उक्त कर्जा असुलीका लागि पटक–पटक तार–ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन (अर्थात् मिति २०८०–११–१० गते) भित्रमा ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूलाई सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न–गराउनुहुन यो अन्तिम मौका दिइएको छ,’ सूचनामा भनिएको छ, ‘उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा सम्बन्धित पक्षलाई कालोसूचीमा राखिन्छ । लिलाममा डाँक बढाबढ गरिलिन चाहने इच्छुक महानुभावहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३६ औँ दिन (२०८०÷११÷११ गते) बिदा परेमा सोको भोलिपल्ट वा लगत्तै कार्यालय खुलेको दिनको बिहान ११ः०० बजे यस बैंकको तपसिलमा उल्लिखित शाखामा उपस्थित भई आफूले सकार गर्न चाहेको मूल्यमा बोलकबोल गर्नुहुन यसै सूचनाद्वारा आह्वान गरिन्छ ।’ नेता नेम्वाङको गत २५ भदौमा हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै