मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

मृतकको पहिचान खुल्यो

देश प्रदेश डेस्क 5493+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

झापा । झापाको अर्जुनधारा वडा नम्बर १ स्थित धान खेतमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।

मृतक इलाम माई नगरपालिका ३ घर भई अर्जुनधारा १ सिस्नेस्थित भिनाजुको घरमा बस्दै आएका अन्दाजी ४५ वर्षका टिकाबहादुर लावती भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनी विगतदेखि जन्डिससम्बन्धी बिरामी र मानसिक अवस्था ठिक नभएको भन्ने बुझिएको छ । लावतीलाई बिहान सबेरै हातमा चप्पल बोकेर हिँड्दै गरेको स्थानीयले देखेका थिए ।

बिरामीले छोपेपछि उनी धान खेतमा घोप्टो परेर लडेको र खेतको छिपछिपे पानीमा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनकी श्रीमती वैदेशिक रोजगारीका लागि कुवेत गएकी छन् । दुई छोरीमध्ये एकजना कुवेत र अर्की काठमाडौँमा रहेको जनाइएको छ । छोरा भने उनीसँगै रहेका थिए ।

लावतीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डिएसपी विष्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार