मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |
मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |


झापामा लागुऔषधको कुलतले निम्त्याउँदैछ अपराध

देश प्रदेश डेस्क 5339+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

झापा लागुऔषधको कुलतमा फसेका युवाका कारण झापामा अपराधका घटना बढेका छन् । फागुनको अन्तिम साता गौरादह–७ मा हजुरआमाको विभत्स हत्या गरेको आरोपमा नाति पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार गत फागुन २५ गते राति गाँजा खाएर लठ्ठ परेका १७ वर्षीय धीरज विश्वकर्माले लागुऔषध किन्न पैसा नदिएको निहुँमा ८२ वर्षीया हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेका थिए ।

फलामे रडले हिर्काएर हजुरआमाको हत्या गरेपछि साथी लगाएर घरको ग्वालीमा शव गाडेको अवस्थामा फेला परेको प्रनि गिरीले बताए । उनका अनुसार हाल नातिसहित चार जना अभियुक्त पक्राउ परिसकेका छन् ।

झापामा लागुऔषधका सेवनकर्ता र कारोबारीको सङ्ख्या बढेसँगै अपराधका घटनामा उनीहरुको संलग्नता पाइन थालेको प्रहरीले जनाएको छ । लागुऔषध किन्न आवश्यकपर्ने नगदका लागि उनीहरु चोरी र लुटपाटमा लाग्ने गरेका छन् । धेरैजसो घटनामा घर परिवार नै पीडित हुने गरेका कारण घटना बाहिर कम आउने गरेका प्रनि गिरीको भनाइ छ ।

गत फागुनमा प्रहरीले मेचीनगर–१५ मा एक दुव्र्यसनी युवाले चरेस किन्न नेपालबाट चोरी गरेको महँगो मोबाइल फोनको सेट भारतको खोरीबारीबाट फिर्ता ल्याएको थियो । चोरीको घटनामा आफन्त नै संलग्न भएकाले पीडितले मोबाइल फिर्ता पाएपछि अभियुक्तलाई कारबाही गराउनेतर्फ पहल गरेनन् ।

पछिल्लो समय जिल्लामा सुनका गहना, मोटरसाइकल र धातुका भाडावर्तन चोरीका घटना बाक्लै भएका छन् । प्रहरीले ती घटनामा लागुऔषधका दुर्व्यसनी नै संलग्न भएको आशङ्कामा अनुसन्धान गरिरहेको जनाएको छ । मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख चिन्तामणि दाहालको घरबाट गत फागुनमा १० तोलाभन्दा बढी सुनका गहना चोरी भएको थियो भने मेचीनगर–१० खयरडाँगीका हरि लिम्बूको घरबाट दिउँसै सुनका गरगहना चोरी भएको थियो ।

कुलतमा फसेका १६ देखि २५ वर्ष उमेर समूहका युवाको सङ्ख्या आधा रहेको तथ्याङ्कले देखाएको छ । जसमा विद्यालय पढ्दै गरेका कलिला युवाको संलग्नता धेरै छ । आर्थिक वर्ष २०८०÷८१ को चालू आठ महिनामा लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा दुई सय ६५ पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा १६ देखि २५ वर्ष उमेर समूहका एक सय २० जना रहेका छन् ।

प्रहरी उपरीक्षक मिलन केसीका अनुसार सोही अवधिमा लागुऔषधको एक सय ७४ वटा मुद्दा दर्ता भएका छन् । जसमा दुई सय एक जना सेवनकर्ता छन् । पक्राउ परेकामा १५ जना भारतीय नागरिक रहेका उनले जानकारी दिए ।

पछिल्लो समय प्रहरीले पूर्वीनाका काँकडभिट्टा र पूर्वपश्चिम राजमार्गमा नियन्त्रण अभियानलाई केन्द्रित गर्दै निगरानी बढाएको  केसीले बताए । उनका अनुसार नाकामा तैनाथ सुरक्षाकर्मीको आँखा छलेर भित्रिएका लागुऔषध राजमार्गका विभिन्न चेकप्वाइन्टमा बरामद हुने गरेका छन् ।

सीमावर्ती भारतीय बजार पानीटयाङ्कीमा खुलेआम लागुपदार्थको कारोबार हुने गरेको छ । प्रहरी उपरीक्षक केसीका अनुसार भारतीय बजारमा गाँजा, चरेसलगायत लागुपदार्थको बिक्री वितरण नेपाली ग्राहक लक्षित हुने गरेको छ । भद्रपुर, गौरीगञ्ज, केचना र बाहुन डाँगीबाट लुकाइछिपाइ ओसारपसार हुने गरेका कारण प्रहरीले ती नाकामा पनि निगरानीलाई कडाइ गरिरहेको प्रउ केसीको भनाइ छ ।

कारोबारीले पूर्वी नाकाबाट भित्रिएको लागुपदार्थ कोशी प्रदेशको विभिन्न पहाडी जिल्लादेखि राजधानी काठमाडौँसम्म पुर्याउने गरेका छन् । एक दशकयता सुईका माध्यमबाट प्रयोग हुने डाइजिपाम, फेनारगन, लुपेजेसिक जस्ता लागूऔषधको प्रयोग घट्दै र ब्राउनसुगर, गाँजा, चरेसलगायत वस्तुको प्रयोग बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् ।

झापामा भारतसँगको १४४ किलोमिटर खुला सीमा लागुऔषध कारोबार नियन्त्रणको चुनौती बनेको छ । पूर्वमा भारतको पश्चिम बङ्गाल र दक्षिणमा विहार प्रान्त रहेको छ । जिल्ला प्रहरी कार्यालयले लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेको जनाएको छ । स्थानीय समुदाय र विद्यार्थीलाई अभियानमा जोड्ने गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार