मुख्य समाचार
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी | भोलिदेखि शिक्षा समता शुल्क लागू, २६ लाख विद्यार्थी मारमा | किन सञ्चालनमा आएन बिर्ताबजारको इभी चार्जिङ स्टेसन | बिर्तामोडमा टिपरको ठक्करबाट घाइते भएका वृद्धाको मृत्यु | सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा | मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | |
मुख्य समाचार
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी | भोलिदेखि शिक्षा समता शुल्क लागू, २६ लाख विद्यार्थी मारमा | किन सञ्चालनमा आएन बिर्ताबजारको इभी चार्जिङ स्टेसन | बिर्तामोडमा टिपरको ठक्करबाट घाइते भएका वृद्धाको मृत्यु | सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा | मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | |


झापा कपको फाइनल भोलि

देश प्रदेश डेस्क 5295+ समाचार ( )
७ पौष २०८१, आइतबार

झापा झापा कपको उपाधिका लागि भोलि(साेमबार) चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।
ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा रहेका छन् । इलाम गोल्डकपपछि उनीहरु छिमेकी जिल्ला झापामा झापा कपको फाइनलमा खेल्दै छन् ।

झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो ।

त्यस्तै, चित्लाङ फुटबल क्लबलाई रोक्दै अन्तिम चारमा प्रवेश गरेको एनआरटी इटहरीको राष्ट्रिय जागृतिलाई टाइब्रेकरमा पछि पार्दै फाइनल पुगेको हो ।
प्रि–म्याच कन्फ्रेन्समा चर्च ब्वाइजका टिम कप्तान कमल श्रेष्ठ र प्रशिक्षक सुमन श्रेष्ठले फाइनलको उपाधि हात पार्ने दाबी गरेका छन् ।
बेन्चमा रहेका अनन्त तामाङ प्लेइङ ११ मा रहने प्रशिक्षक श्रेष्ठले बताए । इलामको हारको बदला लिनेगरी खेल खेल्ने उनको भनाइ थियो ।

एनआरटीका कप्तान अञ्जन विष्ट र प्रशिक्षक जीवन सिंकेमानाले पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका छन् । आफ्नो टिम सन्तुलित रहेको र खेलाडीहरु युवा तथा एकताबद्ध रहेकाले बलियो रहेको प्रशिक्षक सिंकेमानाले बताए ।
प्रिम्याच कन्फ्रेन्सको सहजीकरण प्रतियोगिता संयोजक केशवराज दाहालले गरेका थिए ।

यसअघि, यही रंगशालामा गत वर्ष फागुनमा भएको छैटौँ झापा गोल्डकपमा चर्च ब्वाइजले बाइमा रहेको एनआरटीलाई पहिलो चरणमै रोकेको थियो ।

छैटौँ झापा गोल्डकपको च्याम्पियन चर्च ब्वाइज यही मंसिर अन्तिम साता भएको इलाम गोल्डकपमा भने एनआरटीसँग फाइनलमा पराजित भएको थियो । एनआरटीले चर्च ब्याइजलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
त्यस्तै, सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज हाबी देखिएको थियो । लिगको छैटौँ चरणमा चर्च ब्वाइज र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । १५ औँ चरणमा चर्च ब्वाइजले एनआरटीलाई ४–१ गोल अन्तरले हराएको थियो ।

चर्च ब्वाइजमा लिगताकाका खेलाडी अनन्त तामाङ मात्र रहेका छन् भने त्यो बेलाका गोलकर्ता अञ्जन विष्ट हाल एनआरटीमा आवद्ध छन् ।

चर्च ब्वाइज बि डिभिजन जितेर ए डिभिजन च्याम्पियन बनेको ललितपुरे टोली हो भने ९१ वर्षको इतिहास बोकेको एनआरटीले पाँचपटक शीर्ष लिग जितेको छ ।

प्रिम्याच कन्फ्रेन्समा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा कपका विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए ।
प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भोलि हुँदैछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार