मुख्य समाचार
सार्वजनिक यातायातमा सुनको सिक्री चोरी आरोपमा दमकका विकाससहित दुई जना पक्राउ | रोल्पा पहिरो : पछिल्लो ५ दिनमा १७ जनाको मृत्यु, १ अझै बेपत्ता | झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा तोडफोड | भद्रपुरमा मारवाडी महिलाले मनाए तीज | झापाबाट सञ्चालित अनलाइन जुवा नेटवर्क, दुई खाताबाट ३५ करोडभन्दा बढी रकमको कारोबार | माईधारका नविन रायालाई अपहरण गरी १८ लाख फिरौती माग्ने ७ जना पक्राउ | नवीनलाइ अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग्ने ७ जना पक्राउ | बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस |

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी आरोपमा दमकका विकाससहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5380+ समाचार ( )
२ भाद्र २०८३, मङ्गलबार

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गर्ने दमकका एक व्यक्तिसहित दुईजना काठमाडौमा पक्राउ परेका छन् । गत साउन २७ गते काठमाडौं पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायातमा चढी एक जना व्यक्तिले महिलाले घाँटीमा लगाएको सुनको सिक्री चोरी गरी फरार भएका थिए । सो घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र पीसीसीबी सिंहदरबारबाट खटिएको प्रहरी टोलीले साउन २९ गते काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका वडा नं. ६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बस्ने ४३ वर्षीय भविन्द्र वि.क. र सोलुखुम्बु कागेल गाउँपालिका वडा नं. ४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका टिकाथली बस्ने ३१ वर्षीय अजय बस्नेत रहेका छन् ।

उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सिंहदरबार, काठमाडौ पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार