मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

इबोला भाइरसका कारण कम्तीमा ८० जनाको मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
३ जेठ २०८३, आइतबार

झापा / अफ्रिकी राष्ट्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसका कारण कम्तीमा ८० जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार उक्त प्रान्तमा २४६ भन्दा बढी शंकास्पद संक्रमित फेला परेका छन् भने केही संक्रमित छिमेकी युगाण्डा सम्म पुगेका छन्।

कंगोका स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाका अनुसार, यस पटकको पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो। परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भएका छन्।

विश्व स्वास्थ्य संगठनले कंगो र युगान्डामा फैलिएको इबोला संक्रमणलाई “अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल” घोषणा गरेको छ। डब्लुएचओका अनुसार यो संक्रमण बुन्डिबुग्यो प्रजातिको इबोला भाइरस हो, जसका लागि हालसम्म स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन।

डब्लुएचओले संक्रमितलाई तत्काल अलग राख्न, सम्पर्कमा आएका व्यक्तिको निगरानी गर्न र सीमाक्षेत्रमा स्वास्थ्य सतर्कता बढाउन आग्रह गरेको छ। यद्यपि, संगठनले सीमाना पूर्ण रूपमा बन्द नगर्न सुझाव दिएको छ, किनभने त्यसले अनौपचारिक आवागमन बढाएर संक्रमण नियन्त्रण झन् कठिन बनाउन सक्छ।

कंगोका स्वास्थ्य मन्त्री काम्बाले यो भाइरसको मृत्यु दर अत्यन्त उच्च रहेको बताएका छन्। उनका अनुसार बुन्डिबुग्यो प्रजातिको इबोला संक्रमणमा मृत्यु दर ५० प्रतिशतसम्म पुग्न सक्छ।

इबोला भाइरस संक्रमित व्यक्तिको रगत, पसिना, वान्ता वा अन्य शारीरिक तरल पदार्थको सम्पर्कबाट फैलिने गर्छ। यसका प्रारम्भिक लक्षणमा ज्वरो, कमजोरी, टाउको दुखाइ, बान्ता र झाडापखाला देखिन्छ भने गम्भीर अवस्थामा आन्तरिक रक्तस्राव समेत हुन सक्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार