मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

जाजरकाेट भूकम्प
एउटै त्रिपालमुनि ११ परिवारको बास

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२६ कार्तिक २०८०, आइतबार

झापा एउटा त्रिपालमुनि कति परिवार बस्न मिल्छ होला ? एक, दुई बढीमा तीन परिवार। होइन जाजरकोटका भूकम्पपीडितले त्रिपाल र स्थान अभावमा एउटै त्रिपाल मुनि ११ परिवार बस्ने गरेका छन् ।

जिल्ला सदरमुकाम खलंगास्थित कस्तुरी बोडिङ्ग स्कुलमा एउटै त्रिपालमुनि ११ परिवार सँगै सुत्ने गरेका छन्। भूकम्पले घर चिराचिरा पारेपछि त्रासले भेरी नगरपालिका ४ का ११ परिवार एउटै त्रिपालमुनि सुत्न बाध्य भएका हुन्।भेरी नगरपालिका-४ का शिला पुन घर्ती, लक्ष्मी गिरी, धनसरा राना, कल्पना राना, सरस्वती पुन, कल्पना खत्री,  शिला पुन, अनिता खड्का, सन्देश घर्ती, राजेश खत्री र महेश सिंहको परिवार एउटै त्रिपालमुनि सुत्ने गरेको उनीहरूले बताएका छन्।

एउटै परिवारका दुईदेखि ५ जनासम्मको परिवार छ। 'सबै गरी ३३ जना एउटै पालमुनि सुत्ने गरेका छौं। स्थानीय शिला पुन घर्तीले भनिन घरमा बस्न सकिने अवस्था छैन। त्रिपाल दिएका छैनन्। प्रत्येकले अलग अलग त्रिपाल हाल्ने ठाउँ पनि छैन। त्यही भएर सामूहिक रूपमा त्रिपालमा सुत्ने गरेका छौं। खाना खान आ(आफ्नो घरमा जाने र सुत्न मात्र त्यहाँ आउने गरेका छन्,' उनले भनिन्। सँगै सुत्दा कतिपयका केटाकेटी रुने कराउने, कतिपयले घुर्ने लगायतका समस्याले निन्द्रा नै नलाग्ने उनको बताइन्। त्यहाँ बस्ने धेरैजसो भाडामा बस्नेहरू पनि छन्। भाडामा बस्नेलाई स्थानीय तहले राहत नदिएपछि उनीहरू कोच्चिएर एउटै त्रिपालमा बस्न बाध्य भएका हुन्।

बोडिङ्गको आगनमा करीब १५ ओटा त्रिपाल र टेन्ट राखिएको छ। त्यहाँ करीव ५० बढी परिवारका दुई सय बढी बस्ने गरेका छन्। उक्त स्थानमा बसेका मध्य केही बालबालिकाहरू बिरामी परेका छन्। उनीहरूमा ज्वरो आउने, खोकी लाग्ने, निमोनिया लगायतका समस्या देखिएका छन्। सदरमुकाम भित्रकै यस ठाउँमा औषधोपचार र अन्य खानेकुरा लगायतका राहत सामग्री अभाव भएको कल्पना खत्रीले बताइन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार