मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


नागपञ्चमीको धार्मिक, संस्कृतिक र पर्यावरणीय महत्त्व

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

हाम्रो सनातन परम्परा अनुसार आजकै दिन अर्थात् श्रावण शुक्ल पञ्चमीको दिन घर घरमा नागको पूजा गरी नागको चित्र टाँस्ने र तलाउ, नागस्थान, शिवालय, विष्णु मन्दिर, पोखरी वा नदीहरूमा नागको पूजा गर्ने प्रचलन छ । यो नाग पञ्चमीलाई धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्त्वका साथ हेर्ने गरिन्छ ।

धार्मिक महत्त्व

सनातन धर्ममा नागलाई शक्तिशाली र पवित्र जीव मानिन्छ । नाग देवता, विशेष गरी शेष नाग, वासुकी, तक्षक, कालिया, आदिबारे पौराणिक कथाहरू रहेको छ । भगवान् विष्णु शेषनागको शय्यामा सुत्नुहुन्छ भने, शिवजीको गलामा वासुकी नाग भन्छन् ।

भगवान् शिवजीको गलामा वासुकी नाग रहेका कारण अनि साउन महिना पनि पर्ने भएकाले आजको दिन विशेष छ । जनमेजय नामक राजाले सर्प यज्ञ आरम्भ गर्दा, तक्षक नागलाई बचाउन आस्तिक ऋषिले यज्ञ रोकेको पौराणिक कथा रहेको छ । आजको दिन नागको पूजा गर्दा सर्पदंशको भय हट्ने, कुलको कल्याण हुने र अक्षय पुण्य प्राप्त हुने धार्मिक मान्यता छ । ज्योतिष शास्त्र अनुसार राहु र केतुको कारण बनेको सर्प योगको शान्ति पनि आजकै दिन नाग पूजा गर्नाले सर्प दोष हट्ने विश्वास रहेको छ ।

सांस्कृतिक महत्त्व

नेपाली परम्परा अनुसार नाग पञ्चमीका दिन घरको मूल ढोकामा गुरु पुरोहित वा आफैंले नागको चित्र टाँसिन्छ र सपरिवारको रक्षाका लागि, सर्प दंश र आपदाबाट रक्षा हुने विश्वासका साथ दूध, अक्षता, लावा, दूबो आदि चढाएर पूजा गर्ने गरिन्छ । नाग पूजा गर्नाले वर्षा हुने र बालीनाली राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । नागको प्रतीक घरको प्रवेशद्वारमा राख्दा घरको संरक्षणको हुने र विपद् टर्छ भन्ने परम्परागत विश्वास पनि छ ।

नागपाङ्गर (ग्रामीण क्षेत्रमा नागका थुप्रा)मा पूजा गर्ने चलन अझै जीवित छ । यसले हाम्रो मौलिक परम्पराको संरक्षणमा योगदान पुर्‍याएको देखिन्छ । नाग पूजनले हाम्रो सनातन संस्कार, संस्कृति र परम्पराको संरक्षण भएको छ भन्न सकिन्छ ।

पर्यावरणीय महत्त्व

नाग पञ्चमी जीवजन्तु, विशेष गरी सरीसृप र सर्पको संरक्षणप्रति जनचेतना जगाउने पर्व हो । सर्पले पर्यावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्दछन् । तिनीहरूले मुसा, भ्यागुता आदि खाएर जैविक नियन्त्रणमा मद्दत गर्छन् । धार्मिक दृष्टिले पवित्र मानेर सर्पलाई मार्न नहुने सन्देश दिनु जैविक विविधताको रक्षा हो ।

नाग पञ्चमी पर्वले प्रकृति र जीवजन्तुमा श्रद्धा जगाउने अनि प्रकृतिप्रतिको कृतज्ञता र संरक्षणको चेतना दिएको छ । वायुमण्डलमा भएका विषालु पदार्थलाई सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने कुरा वैज्ञानिक हो ।

नाग पञ्चमी केवल एक धार्मिक पर्व मात्र होइन, यसले धार्मिक श्रद्धा, सांस्कृतिक परम्परा र पर्यावरणीय चेतना तीनैलाई जोड्ने महत्त्वपूर्ण अवसर हो । सर्पजस्ता जीवप्रति आदर भाव राख्दै, प्रकृति र संस्कृतिको रक्षा गर्न यो पर्वले महत्त्वपूर्ण योगदान दिएको छ । अस्तु ।।

source :OnlineKhabar.com

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार