मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा

देश प्रदेश डेस्क 5479+ समाचार ( )
७ अशोज २०८३, बुधवार

जिल्ला प्रशासन कार्यालय झापाले विगतको सेवा प्रवाहको परम्परा तोड्दै पछिल्लो समय एकै दिनमा उल्लेख्य संख्यामा सेवाग्राहीलाई सेवा प्रदान गर्न थालेको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार एकै दिन राष्ट्रिय परिचयपत्रतर्फ ३२२ जना र राहदानीतर्फ २३५ जनाले सेवा प्राप्त गरेका छन्। यसअघि भन्दा कैयौँ गुणा बढी सेवाग्राहीलाई एकै दिन सेवा प्रवाह भइरहेको उनले बताएका छन्। सेवा प्रवाहमा भएको सुधारप्रति जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई धन्यवाद दिँदै प्रजिअ पोखरेलले उत्कृष्ट कार्यसम्पादनका लागि कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिएका छन्।

उनका अनुसार कार्यालयबाट राहदानी सेवामा समेत दैनिक रूपमा उल्लेख्य संख्यामा सेवाग्राहीलाई सेवा दिइरहेको भए पनि राहदानी विभागबाट छपाइ भएर राहदानी नआउँदा केही सेवाग्राहीले राहदानीको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको छ।

राहदानी छपाइमा भएको ढिलाइ जिल्ला प्रशासन कार्यालयको कारण नभएको स्पष्ट पार्दै प्रजिअ पोखरेलले यस विषयमा सरोकारवालाहरूलाई जानकारी गराएका छन्।सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यले कार्यालयले कार्यसम्पादनमा तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार