मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |
मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |


हनी ट्रयाप : पैसा कमाउन खोज्दा झापाकी मगरसहित चार पक्राउ

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

झापा रातारात मालामाल हुने ‘मिसन’ लिएर हनी ट्रयापमा संलग्न झापा बाह्रदशीकी एक युवतीसहित चारजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । बाह्रदशीकी २३ वर्षीया सिया मगरसंगै उनका नक्कली दाजु सिन्धुपाल्चोक बलेफीका २७ वर्षीय विमल सुवेदी , बलेफीकै २२ वर्षीय दीपक पराजुली र सुनकोशीका २४ वर्षीय सरोज तिमल्सिना पक्राउ परेका छन् ।

बाह्रदशीकी मगर रातारात कमाएर मालामाल हुने ‘मिसन’ लिएर गत जेठको दोस्रो साता मात्र काठमाडौं गएकी थिइन् । उनका मिसन पार्टनर बने सिन्धुपाल्चोक बलेफीका २७ वर्षीय विमल सुवेदी ।सियालाई काठमाडौंमा गएर बस्न विमलले नै शान्तिनगरमा डेरा खोजिदिएका थिए । सियाका अनुसार आमा बिरामी भएर उपचार खर्च कसरी जुटाउने भन्ने तनावमा रहेका बेला विमलले उनलाई मास्टर प्लान सुनाएका थिए– सामाजिक सञ्जालमार्फत केटाहरुलाई सम्पर्कमा ल्याउने र सम्बन्ध राखेर ब्ल्याकमेलिङ गर्ने । आफू दाजु बनेर पैसा उठाउने जिम्मा विमलले लिएका थिए ।

‘म ३ वर्ष अगाडि पोखरामा किङ्स लन्च क्लबमा काम गर्ने क्रममा विमल सुवेदीसँग चिनजान भएको हो । मलाई आमाको उपचारका लागि पैसाको समस्या परेकोले मेरो पहिलेदेखि चिनजान भई कुराकानी हुने गरेको विमल दाइसँग ह्वाट्स एपमा कुरा हुँदै जाँदा विमल सुवेदीले पैसा कमाउने तरिका मलाई थाहा छ, काम गर्ने भए गरौं भनेकोले मैले हुन्छ भनें । त्यसपछि विमल दाइले तिम्रो नाम अनिता मगर राखी नयाँ आईडी खोलिदिन्छु । त्यो आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाइ नजिकको साथी बनी कुरा गरी भेटघाट गरी रिलेसनमा बस्ने काम तिमीले गर, त्यसपछि निज व्यक्तिसँग तिमीले हामीहरु बसेकोबारे सबै कुरा दाइभाउजूलाई भनिसकेको छु, अब जे गर्नुहुन्छ दाजुभाउजूले नै गर्नुहुन्छ भन्ने कुरामात्र तिमीले गर्नु भन्नुभएको थियो’, सिया भन्छिन् ।

उनका अनुसार अनिता मगर नाम गरेको फेसबुक अकाउन्टबाट उनले खासगरी विवाहित पुरुषहरु पहिचान गरी फ्रेन्ड रिक्वेस्टहरु पठाउन थालिन् । विमलले भनेझैं ‘सफलता’हरु प्राप्त हुँदै गए ।

पहिलो शिकारबाटै ४ लाख रुपैयाँ फुत्काउन उनीहरु सफल भए । लगत्तै दोस्रो शिकारसम्म पनि उनीहरु पुगे ।नगरकोट घुमेर फर्किएपछि सियाले ती व्यक्तिलाई भनिन्, ‘हामी घुमेको सबै कुरा दाजुभाउजूलाई थाहा भयो । अब जे गर्नुहुन्छ, दाजुभाउजूले गर्नुहुन्छ । कुरा मिलेन भने म प्रहरी चौकी जान्छु ।’विमलले दाजु बनेर ती व्यक्तिलाई थर्काउन थाले । ७ लाख रुपैयाँ दिएमा बहिनीलाई मिलाउने विश्वास दिलाए । सिया आफैंले पनि फोन गरेर प्रस्ताव सुनाइन् ।कुनै पनि हालतमा प्रहरी चौकी जानबाट रोक्ने कोसिस गरेका ती व्यक्तिले अन्त्यमा ३ लाख २५ हजार रुपैयाँ तिर्न तयार भएर सियालाई कोटेश्वरमा बोलाए । त्यहाँ उनले ५० हजार रुपैयाँ बैंक ट्रान्सफर गरिदिए भने २ लाख २५ हजार रुपैयाँको चेक पनि काटिदिए ।

सियाको तेस्रो शिकार भने उनलाई महँगो बन्यो । फेसबुकबाट साथी बनेपछि रमेश (नाम परिवर्तन) र सियाबीच भेटघाट भयो । उनीहरु असार १४ गते गोदावरी घुम्न जाने भनेर सातदोबाटोमा भेटे । रमेश आफ्नै गाडीमा लिएर सियालाई घुमाउन निस्किए ।गोदावरीको एक होटलमा बसेपछि सिया रमेशलाई एक्लै छाडेर त्यहाँबाट निस्किइन् । त्यसको केही समयमा सियाले रमेशलाई फोन गरिन्, ‘हाम्रो भेटघाटबारे दाजुभाउजूलाई थाहा भयो । अब जे गर्नुहुन्छ, दाजुभाउजूले गर्नुहुन्छ । कुरा मिलेन भने म प्रहरी चौकी जान्छु’ उनले भनिन् ।लगत्तै विमलले रमेशलाई फोन गरेर थर्काए ।
रमेशका अनुसार असार १५ गते उनलाई विमललगायतले लगातार फोन गरी ब्ल्याकमेलिङ गरेका थिए । उनले सियाको नाममा चेक काटेर तयार राखे । तर, लगातार ज्यानमाथि धावा बोलिरहेकाले आफूलाई असुरक्षित ठानी उनले प्रहरीमा उजुरी दिए । गिरोहले रमेशको पिछा गर्न छाडेन ।उनले आफू ३ लाख रुपैयाँ दिन तयार भएको बताउँदै चेक लिन कोटेश्वरस्थित एक रेस्टुरेन्टमा बोलाए । तर, यसबारे रमेशले प्रहरीलाई खबर गरिसकेका थिए । उक्त रेस्टुरेन्टमा उनीहरुबीच डिल भइरहेका बेला सादा पोसाकको प्रहरी टोलीले उनीहरुलाई घेरिसकेको थियो ।
प्रहरीले यो प्रकरणमा सिया र विमलबाहेक सिन्धुपाल्चोकको बलेफीका २२ वर्षीय दीपक पराजुली र सुनकोशीका २४ वर्षीय सरोज तिमल्सिनालाई पनि पक्राउ गरेको छ । उनीहरुविरुद्ध आपराधिक लाभ कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

अनुसन्धानका क्रममा सियाले पैसा कमाएर घर जोड्ने योजनामा आफू हनी ट्रयापमा संलग्न भएको खुलाएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार