मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापामा १८ जनाको मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२७ माघ २०८२, सोमबार

झापा झापामा सवारी दुर्घटनामा परी  १८ जनाको मृत्यु भएको छ । यो माघ महिनाको २५ दिनभित्र त्यति धेरैजनाकाे मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार अर्जुनधारामा लगातार दुईजनाले ज्यान गुमाएका छन् भने  बिरिङ खोलामा ट्रयाक्टरले किचेर सहचालकको मृत्यु भएको छ ।

त्यसैगरी केही दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको छ ।

 बिर्तामोड– खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेका पैदलयात्री बास्कोटालाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।

स्कुटी चालक इलाम माई नगरपालिका ३ बस्ने ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो । झापामा सवारी दुर्घटनाबाट मानवीय क्षति हुने क्रम निकै बढेको हो । माघ १ गते एकैदिन तीनजनाले ज्यान गुमाएका थिए भने त्यसयता प्राय दिनहुँ दुर्घटनामा मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार