मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

बिहीबारसम्म मनसुन थप सक्रिय हुने

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१६ आषाढ २०८१, आइतबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा आगामी केही दिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास रहने  र मनसुन थप सक्रिय हुने सम्भावना भएकोले असार २० गते (बिहीबार)सम्म सतर्कता अपनाउन अनुराेध गरेकाे  छ । मौसम पूर्वानुमान महाशाखाले विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको बताएको छ । मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले जनाएकाे हाे ।

सोमबारदेखि बिहीबारसम्म पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाई छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक‍-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

तसर्थ भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,  सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार