मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

वृद्धवृद्धाका लागि राष्ट्रिय परिचयपत्र झन्झटिलो

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

झापा सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धादेखि राहदानी बनाउनेको संख्या बढ्दै गएको  छ । सरकारले राष्ट्रिय परिचयपत्र क्रमिक रूपमा अनिवार्य गर्ने लक्ष्य लिएपछि जिल्ला प्रशासन कार्यालय इलाममा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउनेको भिड बढ्न थालेको हाे  । सरकारले २०८१ साल माघ १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि विशेष गरी सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धादेखि राहदानी बनाउनेको संख्या बढ्दै गएको हो । परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा बिहान ९ बजेदेखि नै सर्वसाधारणको लाइन लाग्ने गर्छ । वृद्धवृद्धाका लागि भने यो प्रक्रिया निकै झन्झटिलो भएको छ ।

बढ्दो भिडका बिच फोटो खिच्ने र विवरण भर्ने काममा पटक पटक कम्प्युटरको ‘सर्भर डाउन’ हुने समस्याले थप जटिलता उत्पन्न भएको जिल्ला प्रशासन कार्यालयस्थित फोटो खिच्न खटिएका कर्मचारीले बताएका छन् ।

समयमा काम नहुँदा बिहानदेखि लाइन बसेका ७० वर्षमाथिका वृद्धवृद्धालाई दिनभर कुर्नुपर्ने समस्या भएको फोटो खिच्न प्रशासन आइपुगेका सेवाग्राहीले बताएका छन् । आइतबार पनि बिहानदेखि लाइन बसेका सेवाग्राहीले कम्प्युटरको सर्भर डाउन हुँदा दिनभर जसो सेवा पाउन सकेनन् ।

परिचयपत्र बनाउनेको संख्या बढ्न थालेपछि कार्यालयले जिल्लाको सूर्योदय नगरपालिकाको फिक्कल र देउमाई नगरपालिकाको मङ्गलबारेमा पनि फोटो खिचाउने स्थानको व्यवस्थापन गर्न लागिरहेको इलामका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले बताए । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलबाट रोङ र इलाका प्रशासन कार्यालय पशुपतिनगर आधार हुने गरी भदौबाट फोटो खिचाउने व्यवस्थापनका लागि विभागमा पहल गरेकाे उनले बताए । मङ्गलबारेमा पनि देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका लागि फोटो खिचाउने तयारी रहेकाे उनकाे भनाइ छ । उनले अन्य पालिकालाई पनि आफ्ना नागरिकको सहजताका लागि फोटो खिचाउन चाहिने सामग्री र जनशक्ति व्यवस्थापन गर्न आग्रह गरेको बताए ।

अहिले दैनिक एक सयभन्दा बढीले फोटो खिचाउने गरेको तिम्सिनाले जानकारी दिए । तिम्सिनाका अनुसार अहिले प्रशासन कार्यालयमा ३५ हजारको संख्यामा राष्ट्रिय परिचयपत्र बाँड्न बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार