मुख्य समाचार
अवैध रुपमा नेपाल छिर्न खोज्ने अफगानी पूर्वी नाकामा पक्राउ | सशस्त्र प्रहरीद्वारा बरामद १८ लाखको मोवाईल पार्टस भन्सार दाखिला | २२ लाख बराबरको अवैध मोटर पाटर्स र कपडा बरामद | सरकारसँग सहमतिपछि गरिमा चौधरीको अन्त्येष्टि, न्यायको लडाइँ भने जारी | सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति, आन्दोलन अन्त्य | गरिमा चौधरी हत्या प्रकरण : तीन दिनको खोजी, खाली घरमा शव, अनुसन्धानमाथि प्रश्न र न्याय माग्दै काठमाडौं पुगे अभिभावक | जबर्जस्ती करणी गरी ८ महिनाको गर्भ बोकाउने मेचीनगरका राई पक्राउ | पाँचथरमा रेबिज संक्रमण नियन्त्रणउन्मुख, खोप अभियान तीव्र | काठमाडौँबाट सुरु भयो नेपालको पहिलो क्वान्टम कम्प्युटिङ कम्पनी | सत्तामा पुगेका बालेन : मेयर हुँदा गरेका वाचा कति सम्झिए, कति बाटोमै छाडे? |

अवैध रुपमा नेपाल छिर्न खोज्ने अफगानी पूर्वी नाकामा पक्राउ

देश प्रदेश डेस्क 5392+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

झापा, भदौ ८ । अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने एकजना अफगानी नागरिक पूर्वी नाकामा पक्राउ परेका छन् ।

नेपाल छिर्न खोज्ने अफगानी नागरिकलाई हिजो भारत पानीटंकीतर्फको चेकपोष्टमा पक्राउ गरिएको हो । पानीटंकीस्थित इन्टिग्रेटेड चेक पोष्ट (आइएसीपी) मा नेपालको बाटोबाट बाहिर जान एक्सिट परमिट लिन आएका एक अफगान नागरिकलाई शंकाको आधारमा पक्राउ गरिएको हो । प्रारम्भिक सोधपुछ र मोबाइलको चेकजाँचमा ऊसँग सम्बन्धित धेरै चकित पार्ने जानकारीहरू फेला परेको दाबी गरिएको छ।

जानकारी अनुसार, अफगान नागरिक २०१७ मा वैध भिसामा भारत आएका थिए । त्यसपछि हावडा र कोलकातामा बसेका थिए । उसको भिसा २०२२ मा समाप्त भएको थियो। जाँच एजेन्सीहरूका अनुसार, भारतमा लामो समय बस्दा उसले भारतीय पासपोर्ट, आधार कार्ड, ड्राइभिङ लाइसेन्स, प्यान कार्ड र भोटर आइडी लगायत धेरै भारतीय कागजपत्र बनाएका थिए ।

हिजो उनले पानीटंकीको आइसीपीमा पुगेर नेपालका लागि एक्जिट परमिट मागेका थिए । उनले त्यहाँका अधिकारीहरूलाई आफू नेपाल हुँदै बैंकक जान लागेको बताएका थिए ।

यसैबीच, उनको कुराकानी र व्यवहारका कारण अधिकारीहरूलाई शंका भएपछि उनको मोबाइल फोन चेकजाँच गरिएको थियो। मोबाइलमा भेटिएको एउटा फेसबुक संवादको स्क्रीनसटमा एउटा व्यक्तिले उसलाई तत्काल बैंकक जान सल्लाह दिएको देखियो। मोबाइलको थप जाँचमा धेरै पाकिस्तानी फोन नम्बरहरुसँगको सम्पर्क पनि फेला परेको अधिकारीहरुले बताएका छन् । ती अफगान नागरिकलाई थप अनुसन्धानका लागि खोरीबारी थानामा बुझाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार