मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

उपभोक्ता महिलालाई चन्द्रगढी वनद्वारा घरायसी सामान बनाउने तालिम

देश प्रदेश डेस्क 5416+ समाचार ( )
५ आषाढ २०८१, बुधवार

झापा वनमा आबद्ध महिला उपभोक्ताहरूका लागि दैनिक रुपमा आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको छ । भद्रपुर नगरपालिका-९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले  वार्षिक कार्यक्रमअनुसार गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिला उपभोक्ताहरूका लागि साबुन, हार्पिक, सर्फ र फिनेल बनाउने तालिम सञ्चालन गरिएको समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।

चार दिनसम्म चल्ने तालिमको  बुधबार  भद्रपुर नगरपालिका वडा न ९ का वडाध्यक्ष रामप्रसाद दाहालले उदघाटन गरे । वनका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष दाहालले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी स्वरोजगार बन्न सहभागी महिलाहरूलाई आग्रह गरे । 

अध्यक्ष भट्टराईले तालिमको औचित्य प्रस्ट्याउँदै वनमा आबद्ध कोही परिवार वा उपभोक्ता सीपको अभावका कारण बेरोजगार बन्नु नपरोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको उल्लेख गरे । उद्घाटन कार्यक्रमको सञ्चालन वनकी सदस्य मञ्जु अधिकारीले गरेकी थिइन् ।

यही असार ८ गते शनिबरसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकको रुपमा रुद्रप्रसाद भट्टराई र सीता बानियाँ रहेको कोषाध्यक्ष खतिवडाले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार