मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

हल्दीबारीका पूर्व उपाध्यक्ष डम्बर गिरी पक्राउ

देश प्रदेश डेस्क 5339+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

झापा   हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो ।

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।

पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए । चैत १८ गते हल्दीबारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए ।

फोन मार्फत दलित अधिकारको क्षेत्रमा नेतृत्व गर्ने पोर्तेललाई जातको आधारमा अपनान र विभेद गर्ने गिरीलाई कानुनी कारबाही गर्न झापाका दलित संघ संगठनहरुले संयुक्त रुपमा अपील समेत गरेका थिए ।

नेपाल दलित संघका सभापति दल बहादुर विश्वकर्मा, मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष सुर्यबहादुर विश्वकर्मा (सुरेश), कोशी प्रदेश सदस्य कुमार ठटाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन झापाका अध्यक्ष रमेश बिश्वकर्मा, दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्मा र ओरिफ नेपालको उपाध्यक्ष निरु परियारले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका छन् ।

पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै