मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

नाकामा निगरानी बढाउन भन्सार कार्यालयलाई निर्देशन - अर्थ मन्त्री महत

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२८ माघ २०८०, आइतबार

झापा । अर्थमन्त्री डा. प्रकाशशरण महतले काँकडभिट्टा नाकामा निगरानी बढाउन भन्सार कार्यालयलाई निर्देशन दिएका छन् । दमक महाेत्सवकाे उदघाटन गर्न आइतबार झापा आएका महतले मेची भन्सार कार्यालय काँकडभिट्टा आएका अर्थमन्त्री महतले भन्सारले लक्ष्य अनुसार राजश्व उठाउँन नसकेकाे भन्दै चाेरी पैठारी राेक्न कार्यालय प्रमुखलाई निर्देशन दिएका हुन् ।

नाकाबाट भन्सार छलेर अवैधरूपमा सामानहरू भित्रिएका कारण राजश्व संकलनमा कमि आएको भन्दै त्यस्ता गतिविधि राेक्न र राजश्व वृदि गर्न भन्सारलाई उनले निर्देशन दिएका थिए ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार कार्यालय निरीक्षण गर्न अर्थमन्त्रीज्यु काँकडभिट्टा नाका आउनु भएको बताए ।

मन्त्रीज्युलाई भन्सारकाे प्रगति विवरणका बारेमा जानकारी गराइएकाे रेग्मीले जानकारी दिए । उनले लक्ष्य अनुसार राजश्व नउठेका कारण राजश्व उठाउन पहल गर्न मन्त्री ज्युले अनुराेध गरेकाे बताए ।

त्यसैगरी अर्थमन्त्री  महतले भद्रपुर भन्सार कार्यालयको निरीक्षण गरेका  थिए ।  महतले नेपाल–भारत सीमा नाका भद्रपुरस्थित मेची पुलसँगै भन्सार कार्यालयको निरीक्षण गरेका थिए  । अर्थमन्त्री डा. महतले भन्सारको वर्तमान विषय वस्तुको बारेमा जानकारी लिएका थिए । 
निरीक्षणमा पुगेका डा. महतलाई यहाँका सरोकारवाला पक्षले भन्सारले अधिग्रहण गर्न लागेको जग्गाको बाँकी मुआब्जा रकम निकासा र भारततर्फको गलगलिया भन्सार कार्यालयको स्तोरन्नतीका लागि तत्काल पहल गरिदिन आग्रह गरेका छन् । छोटीबाट मूल भन्सारमा स्तोरन्नती गरिएको भद्रपुर भन्सारको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको मुआब्जा रकम कुल ६१ करोडमध्ये १० करोड रकम मात्र उपलब्ध भएकोले बाँकी रकम तत्काल निकासा गरिदिन अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराइएको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।

अर्थमन्त्रीले त्यसको लागि छिट्टै पहल गर्न आश्वासन दिनुभएको उनले बताए । सो निरीक्षण कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलसहित उद्योगी तथा व्यापारीहरूको सहभागिता रहेको थियो । भद्रपुर भन्सारको निरीक्षण पश्चात् अर्थमन्त्री डा. महत आन्तरिक राजश्व कार्यालय झापाको समेत निरीक्षण गर्दै कामकाजलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार