मुख्य समाचार
डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन | रसुवाको बाढी क्षेत्रमा झापाका ९ जना सम्पर्कविहीन |

डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ

देश प्रदेश डेस्क 5406+ समाचार ( )
१३ भाद्र २०८३, शनिबार

नेपालका डान्सवारका लागि भारतबाट तस्करहरुले ल्याउँदै गरेका चार नाबालिका र दुई युवतीलाई भारतीय प्रहरीले पूर्वी नाका पानीटंकीमा उद्धार गरेको छ ।

उनीहरुलाई ल्याउने दुईजना मानव तस्कर पक्राउ परेका छन् । हिजो साँझ ६ बजे सम्भावित मानव तस्करीविरुद्धको ठुलो कारबाहीमा एसएसबीले चार नाबालिका र दुई युवतीलाई उद्धार गरेको हो । सोधपुछका क्रममा ती नाबालिकाहरुलाई भारतबाट बिराटनगरस्थित लोटस डान्सबारका लागि मगाइएको थियो ।

एसएसबीले भने अनुसार कोचबिहारकी आन्ना भनेर परिचित महिला र बिराटनगरको लोटस डान्सबारकी मेनेजर विक्की कौशिक ती नाबालिकाहरुको ओसारपसारमा संलग्न भएको देखिएको छ। उनीहरू त्रिपुराका निर्मल देववर्मा र जलपाइगुडीका चिन्मय बसाकसँग युवतीहरूलाई डान्सबारमा ल्याउन सम्पर्कमा थिए।

उद्धार गरिएका नाबालिकाहरु १४ देखि १७ वर्षसम्मका छन् । त्यस्तै युवतीहरु २१ र २४ वर्षका छन् । पक्राउ पर्ने मानव तस्करहरू ढुलाई, त्रिपुरा निवासी २५ वर्षीय निर्मल देवबर्मा र मायनागुडी, जलपाईगुडी निवासी ३२ वर्षीय चिन्मय बसाक रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार