मुख्य समाचार
रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन | रसुवाको बाढी क्षेत्रमा झापाका ९ जना सम्पर्कविहीन | रसुवाका बाढीपीडितलाई भद्रपुर नगरपालिकाको राहत, ११ लाख दिने निर्णय | त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए |

रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद

भेषराज नेपाल 122+ समाचार ( )
१२ भाद्र २०८३, शुक्रबार

झापा / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ५३८ पुगेको छ। बाढीले बगाएका शवहरू नदीको तल्लो तटीय क्षेत्रमा समेत भेटिने क्रम तीव्र भएपछि मृतकको संख्या लगातार बढिरहेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी तथा पहिरोमा परी नेपालमा अहिलेसम्म ५३८ जनाको मृत्यु भएको छ भने ९७७ जना अझै सम्पर्कविहीन छन्। खोज तथा उद्धारका लागि १४ हजार ८२९ सुरक्षाकर्मी परिचालन गरिएको र हालसम्म ३ हजार ७४२ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

चितवनमा शव भेटिने क्रम तीव्र

भोटेकोशीको बाढीले बगाएका मानिसका शवहरू नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा पुगेका छन्। चितवनमा मात्रै २२१ शव फेला परेको पछिल्लो विवरणमा उल्लेख छ।

यसअघि पनि चितवनमा सबैभन्दा धेरै शव भेटिएको थियो। बाढीको पानीसँगै बगेर आएका शवहरू नारायणी नदी आसपासका विभिन्न स्थानमा भेटिएपछि प्रहरी तथा स्थानीय प्रशासनले शव संकलन र व्यवस्थापनलाई तीव्र बनाएका छन्।

चितवनका विभिन्न स्थानमा भेटिएका शवमध्ये धेरैको अझै पहिचान हुन सकेको छैन। पहिचान नखुलेका शवको विवरण संकलन गरी सनाखतका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

अझै ९७७ जना बेपत्ता

विपद् प्राधिकरणका अनुसार बाढीपछि ९७७ जना अझै बेपत्ता छन्। बेपत्तामध्ये नेपालीसँगै ठूलो संख्यामा विदेशी नागरिकसमेत छन्। खोज तथा उद्धार टोलीले नदी किनार, बाढी प्रभावित बस्ती, जलविद्युत् आयोजना र संरचनामा फसेकाहरूको खोजी जारी राखेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। नदीको बहावले सडक, पुल, घर, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

१४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

विपद्पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित १४ हजार ८२९ सुरक्षाकर्मी खोज तथा उद्धारमा परिचालन भएका छन्। कठिन भूगोल र क्षतिग्रस्त सडक तथा पुलका कारण कतिपय क्षेत्रमा स्थलमार्गबाट पुग्न नसकिएपछि हेलिकप्टरमार्फत समेत उद्धार भइरहेको छ।

हालसम्म ३ हजार ७४२ जनाको उद्धार गरिएको प्राधिकरणको विवरण छ।

थप बाढीको जोखिम कायमै

यसैबीच भोटेकोशीको माथिल्लो क्षेत्रमा बनेको प्राकृतिक ताल र त्यसबाट हुन सक्ने थप बहावका कारण जोखिम अझै टरेको छैन। नेपाल प्रहरीले समेत तिब्बततर्फ ताल फुटेको सूचना प्राप्त भएपछि उच्च सतर्कता अपनाउन अलर्ट जारी गरेको छ।

नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन, नदीको बहाव हेर्न वा जोखिमपूर्ण क्षेत्रमा नजान तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

भोटेकोशीबाट आएको बाढी त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा पुगेकाले खोजी तथा उद्धारसँगै नदी किनारका बासिन्दाको सुरक्षा अहिले पनि प्रमुख चुनौती बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार